बजारमा नुन अभाव हल्ला मात्रै हो, साल्ट ट्रेडिङ भन्छ  ‘आठ महिना पुग्ने नुन स्टकमा छ’

 फागुन २६, काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुन मौज्दात प्रशस्त रहेको जनाएको छ ।  रुस–युक्रेन युद्धको बहानामा आपूर्तिमा समस्या आउनसक्ने भन्दै अधिकांश वस्तुको मूल्य बढेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मौज्दात प्रशस्त रहेको जानकारी गराएको हो।  अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आएको भन्दै बिभिन्न खाद्यान्न सामाग्री हरुमा चर्को मूल्य बृद्धी भएको बेला नुनको मुल्य पनि बढ्न सक्ने उपभोक्तामा त्रास थियो । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले नुनको मौज्दात करिब डेढ लाख टन रहेको जानकारी गराए ।  ‘हामीसँग मौज्दात रहेको, आयात भइरहेको सहित करिब डेढ लाख टन नुन मौज्दात छ’ प्रवक्ता राजभण्डारीले भने, ‘उक्त नुनले हामीलाई ८ महिनाका लागि उपभोग गर्न पुग्छ।’ ‘हामीसँग मौज्दात रहेको, आयात भइरहेकोसहीत करीब डेढ लाख टन नुन मौज्दात छ’ प्रवक्ता राजभण्डारीले भने, ‘‘उक्त नुनले हामीलाई ८ महिनाका लागि उपभोग गर्न पुग्छ।’ पछिल्लो समय रुस–युक्रेन युद्धको असर भन्दै नेपाली बजारमा अन्य अत्यावश्यक वस्तुको कृत्रिम अभावसहीत अत्यधिक मूल्य वृद्धि भएको छ । रुस–युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपाली बजारमा पनि इन्धनको मूल्य बढाइएको छ।  साथै अन्य खाद्यान्नको मूल्य समेत व्यवसायीले आँफूखुसी बढाएका छन् । तर, साल्ट ट्रेडिङ लिमिटेडले नुनको आपूर्तिमा त्यस्तो कुनैपनि किसिमको प्रभाव नदेखिने बताएको छ । नुनको आयातमा भारतसँगको मात्रै सरोकार भएकाले तत्काल नुन आपूर्तिमा कुनैपनि समस्या नआउने साल्ट ट्रेडिङले बताएको हो ।  

सम्बन्धित सामग्री

डोल्पा सदरमुकाममै प्रतिव्यक्ति पाँच पोका नुन

जाजरकोट– डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आई नपुगेकोले डोल्पामा नुनको अभाव भएको हो । सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोकामात्र दिने गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकामस्थित डिपोमा ४९० क्विन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकाश धामीले बताए […]

डोल्पामा आयोडिनयुक्त नुन अभाव

जाजरकोट : डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो।हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोका मात्र दिने गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ। सदरमुकामस्थित डिपोमा चार सय ९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए। उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो। जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति म

जुम्लाका स्थानीयले पाए वडाबाटै नुन

केही साताअघि नुन नपाइएको भन्दै उपभोक्ताले साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालयमा तोडफोड गरेपछि वडास्तर बाटै नुन वितरण सुरु गरिएको हो।...

जुम्लामा १ हजार सय क्विन्टल नुन मौज्दात छः साल्ट ट्रेडिङ कर्पोरेशन

जुम्लाको सदरमुकाम अवस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रामा नुन रहेको बताइएको छ।...

नेपालगञ्जबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी

काठमाण्डौ – जुम्लामा नुनको कमी हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका अनुसार आव ०७९/८० को असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ ।  प्रदेश कार्यालय प्रमुख महेश चौधरीका अनुसार कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको छ ।  प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक...

जुम्लामा नुन नपाएको भन्दै साल्ट ट्रेडिङमा ढुंगामुढा

दिनभरि लाइनमा पालो कुरेर बस्दा पनि नुन नपाएको भन्दै स्थानीयहरुले जुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा ढुंगामुढा गरेका छन्।...

घाटामा नुन कारोबार गर्दै साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले कम्पनीले घाटा सहेर नुनको कारोबार गरिरहेको बताएकी छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले भनिन्, ‘नुनको कारोबारमा धेरै घाटा छ । दुर्गममा त झन् बढी घाटा छ ।’ नुनको घाटा कम्पनीले अन्य व्यवसायबाट परिपूर्ति गर्ने गरेको श्रेष्ठको भनाइ छ । साल्ट ट्रेडिङ नेपालमा सबैभन्दा पहिले खुलेको पब्लिक कम्पनी हो । देशभर आयोडिनयुक्त नुनको आपूर्ति साल्ट टे«डिङमार्पmत भइरहेको छ । अहिले ६ महीनालाई पुग्ने नुन मौज्दात रहेको पनि श्रेष्ठले बताइन् । साल्ट ट्रेडिङले अनुदान र गैरअनुदानको मल पनि आयात गर्छ । नेपालमा वार्षिक ५ लाख मेट्रिक टन मल आवश्यक पर्छ । अहिले ६०/७० हजार मेट्रिक टन मात्रै मौग्दात छ । तर, सीईओ श्रेष्ठले सबै किसानले मल पाउने भन्दै ढुक्क हुन आग्रह गरिन् । सीईओ श्रेष्ठका अनुसार सरकारले विभिन्न जिल्लामा मलको कोटा छुट्ट्याएको हुन्छ । त्यही अनुसार कर्पोरेशनले मल पुर्‍याउँछ । उनी भन्छिन्, ‘मलका लागि सहज र सरल नाका भनेको वीरगञ्ज हो । कोलकाताबाट यहाँ मल आयात हुन्छ । भारतले पहिला कोलकाताबाट मात्रै मल आयात गर्ने अनुमति दिएकोमा अहिले विशाखापत्तनम्बाट पनि अनुमति दिएको छ । त्यहाँबाट पनि आयात थाल्नुपर्छ ।’  मल वितरणको समानुपातिक प्रणालीले समस्या सृजना गरेको गुनासो पनि उनले गर्न भ्याइन् । सबै ठाउँमा मल पठाउनुपर्दा अनावश्यक ठाउँमा पनि जाने गरेकोले अतिआवश्यक ठाउँमा कम हुने स्थिति रहेको श्रेष्ठको दाबी छ । अग्र्यानिक खेतीमा जानुपर्ने भन्दै उनले थपिन्, ‘अग्र्यानिक खेतीको लागि नेपालमा अध्ययन पुगेको छैन । हामीले अहिले अग्र्यानिक रासायनिक मिश्रित खेती गर्ने सोच लिएर काम गरिरहेका छौं ।’  साल्ट ट्रेडिङले चामल, दाल, तेलको व्यवसाय पनि गरिरहेको छ । गहुँ व्यापार र करार खेती पनि कम्पनीमार्फत भइरहेको छ । आपूmहरूले उखु किसानका मुद्दा पनि उठाइरहेको बताउँदै श्रेष्ठले भनिन्, ‘उखु किसानको मुद्दामा हामीले मन्त्री र सचिवसँग आवाज उठायौं । अहिले चिनी मिलको त्यस्तो समस्या छैन । अहिले किसानको पैसा नतिरेको भनेको केही मिलले मात्रै हो ।’ साल्ट ट्रेडिङमा सबै गरी लगभग हजार कर्मचारी छन् । प्याकिङका काममा ९० प्रतिशतजति महिला छन् । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं महिला चेम्बरको अध्यक्ष समेत रहेकी श्रेष्ठले चेम्बरमार्पmत मुख्य रूपमा महिलाका लागि बंैकिङ, फाइनान्स र करसम्बन्धी शिक्षा दिइरहेको बताइन् ।

हुम्लामा हेलिकप्टरबाट नुन ढुवानी

काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । नुनको अभाव हुन नदिन खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको हो । गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुन बिक्री–वितरण गरिएको हो । सबै वडामा १ हजार १ सय ९७ क्विन्टल नुन ढुवानी गरेर बिक्री […]

साल्ट ट्रेडिङ ६०औँ वर्षमा प्रवेश

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ६०औँ वर्षमा प्रवेश गरेको छ । सन् १९६३ मा नेपालमा नुन आपूर्ति गर्ने उद्देश्यले संस्थानको स्थापना भएको थियो । संस्थानले पहिले नेपालमा आयोडिनरहित ढिके नुन आपूर्ति गर्दै आए पनि...

खाद्य र साल्ट ट्रेडिङ कर्पाेरेशनका खाद्यान्नमा २० प्रतिशत छुट

निषेधाज्ञा अवधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ खरीद गर्दा छुट पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधीभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरीद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका हुन् ।  दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य प...