ठूलाबडालाई खुसी बनाउने नाममा राज्यकोषको कतिसम्म दुरुपयोग हुन्छ भन्ने उदाहरण काठमाडौंको भृकुटीमण्डपमा रहेका तीनवटा ढुंगेधाराको हरिबिजोग हेरे पुग्छ । काठमाडौंबासीको दशकौँको सपना रहेको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि तात्कालिक राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउन चार दिनको हतारोमा लाखौं खर्च गरी बनाइएका ती धारा अहिले बेहाल अवस्थामा छन् । चौबीसै घण्टा पानी झार्ने गरी राष्ट्रिय विकास […]