२०७१ सालतिर लुम्बिनीको पर्सा चोक नजिकै एउटा सेतो भवन देखिन्थ्यो । यो भवन कसको हो ? धेरैलाई थाहा थिएन ।
त्रिभुवन विश्वविद्यालयबाट बौद्ध दर्शनमा स्नातकोत्तर गरेका बुटवलका तिलक आचार्य २०७१ सालमा सोही सेतो भवनमा पुगे आंशिक शिक्षकका रूपमा । भवन थियो लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस ।
हुन त यो विश्वविद्यालय २०६१ सालमा स्थापना भएको हो । जतिबेला आचार्यले त्रिविमा त्रिपिटकका श्लोक पढ्दै थिए । तर बौद्ध विश्वविद्यालय पनि छ भन्ने कुरा २०७४ सालसम्म पनि धेरैलाई थाहै थिएन । पदाधिकारीहरू काठमाडौंमै सीमित थिए । क्याम्पसमा प...