कैलाली – कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।
महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्त्वपूर्ण जनाउँदै धामी झाँक्रीले महिनावारी अवस्थाम...