जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
गएको साता प्रदेश नम्बर–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको थियो । त्यसको समर्थन गर्दै जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन्...