जापानको उत्तरी होकाइडो टापु नजिकै पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । डुङ्गामा २६ जना सवार रहेको बताइएको छ । यसमध्ये २ जना जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए ।स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा परेको सन्देश पठाएको अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीका अनुसार डुङ्गामा सवारमध्ये चार जनालाई फेला पारेको र उनीहरूलाई उपचारलाई लगिएको छ ।काजु वान नाम डुङ्गा शिरेटोको प्रायद्वीपमा ३ घण्टा लामो दृश्यावलोकनका लागि गएको