चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ।मंगलबार राति ९ बजेसम्मका समाचारअनुसार सो भूकम्पमा अझै २६ जना बेपत्ता छन्। मंगलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताइएको छ।यान शहरमा मंगलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ।सिचुआन प्रान्तको राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित