प्रदेश सरकारलाई पूर्ण रूपमा सञ्चालन गर्नका लागि आवश्यक अधिकांश महत्त्वपूर्ण प्रादेशिक संरचना अहिले नेतृत्वविहीन बनेका छन् । कांग्रेस–एमाले गठबन्धन सरकार बनेको करिब दुई महिना पुग्नै लाग्दा आधा दर्जन संरचना नेतृत्वविहीन अवस्थामा पुगेका हुन् ।
काठमाडौं, वैशाख ३१ । संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीअनुसार कार्यान्वयनको चरणमा रहेको प्रादेशिक संरचना खारेजीको बहस सुरू भएको छ । शिशु अवस्थामै रहेको संघीय प्रणालीअन्तर्गत प्रादेशिक संरचना खारेज गर्नुपर्ने प्रस्ताव संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठकमै उठेपछि यसबारे थप बहस सुरू भएको हो । नेपालको संविधान २०७२ ले महत्वपूर्ण उपलब्धिका रूपमा संस्थागत […]
वर्तमान संविधान र संघीय प्रणालीलाई व्यवस्थित कार्यान्वयन गर्दै प्रादेशिक सरकारबाटै जनभावनाअनुसार सेवा र विकास प्रवाहका लागि बढेका छौं । संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गराउन दृष्टिकोण मिल्ने दलहरूबीच समीकरण गरेर सरकार बनाउनुपरेको हो । –कानुनमन्त्री, धनराज गुरुङ पार्टी बैठकमा हाम्रो प्रस्ताव शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाउने, प्रादेशिक संरचना र जिल्ला समन्वय समिति खारेज गर्ने […]
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीय सरकारबाट जग्गा प्राप्तिको अनुमति पाउनेबित्तिकै हेटौँडाको हटियामा प्रादेशिक संरचना निर्माणको काम सुरु गरिने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संघीय सरकारबाट जग्गा प्राप्त हुनासाथ प्रादेशिक संरचना अन्तर्गतका मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू र संसद भवन लगायतका कार्यालयहरूको समेत निर्माण सुरु गरिने बताएका हुन् । उक्त कार्यका […]
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीय सरकारबाट जग्गा प्राप्तिको अनुमति पाउनेबित्तिकै हेटौंडाको हटियामा प्रादेशिक संरचना निर्माणको काम सुरु गरिने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संघीय सरकारबाट जग्गा प्राप्त हुनासाथ प्रादेशिक संरचना अन्तर्गतका मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू र संसद भवन लगायतका कार्यालयहरूको समेत निर्माण सुरु गरिने बताएका हुन् ।उक्त कार्यका लागि प्रदेश सरकारले हेटौंडाको हटियामा ५५ बिगाहा क्षेत्रफलको जग्गा भोगाधिकारको लागि संघीय सरकारसंग
काठमाडाैं : बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मुलुकमा तीनै तहको सरकारको आवश्यकता रहेको बताएका छन्।उनले तत्काल प्रादेशिक संरचना खारेजीको माग गर्न नहुने बताए। आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रादेशिक संरचना सङ्घीयताको मेरुदण्डको रुपमा रहेको बताए।मन्त्री खनालले यस संरचनालाई सिर्जनात्मक रुपमा अगाडि बढाउन कानुनहरू परिमार्जन गर्दै लैजानुपर्ने भएकाले आफूहरु त्यसमै सक्रिय भइरहेको बताए।प्रदेश सरकारले जारी गरेको अध्यादेश तथा कानुन निर्माणको
बागमती– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मुलुकमा तीनै तहको सरकारको आवश्यकता रहेको बताए । उनले तत्काल प्रादेशिक संरचना खारेजीको माग गर्न नहुने बताए । आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रादेशिक संरचना सङ्घीयताको मेरुदण्डको रुपमा रहेको बताए । मन्त्री खनालले यस संरचनालाई सिर्जनात्मक रुपमा अगाडि बढाउन कानुनहरू परिमार्जन […]
बागमती प्रदेश सरकारले अहिलेसम्म प्रादेशिक संरचना निर्माण गर्न सकेको छैन । प्रदेश सभाको कार्यकाल करिब साढे चार वर्ष पुग्दा प्रदेशमा तीन वटा सरकार बने तर कुनै पनि सरकारले प्रदेश सरकारको भौतिक संरचना निर्माणमा प्रगति गर्न सकेनन् ।बागतमी प्रदेश सरकारको नेतृत्वमा सबैभन्दा बढी समय नेकपा एमाले रह्यो । तत्कालीन अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट लगभग दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको एमालेले २०७७ पुसबाट भने एकल बहुमतको सरकार सञ्चालन गरेको थियो ।करिव साढे ३ वर्ष सरकारको नेतृत
बागमती प्रदेश सरकारले स्थायी प्रादेशिक संरचना निर्माणका लागि मकवानपुरका विभिन्न ८ स्थानमा जग्गा छनोट गरेको छ । वर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वको सरकारले प्रादेशिक संरचना निर्माणको लागि हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा गरेर ८ वटा स्थान छनौट गरेको हो ।प्रदेश सरकार स्थापनको ४ वर्ष पूरा भइसक्दा समेत विगतमा ३ पटक सरकार परिवर्तन भए पनि हालसम्म पनि प्रादेशिक संरचनाको काम अघि बढ्न नसकेको अवस्थामा वर्तमान सरकारले त्यसलाई प्राथमिकताको साथ अघि बढाएको मुख्यमन्त्री तथा मन
मकवानपुर । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणको लागि जग्गा खोजी कार्य सुरु गरेको छ । प्रदेश सरकार स्थापनको करिब ४ वर्ष बितिसक्दा समेत प्रादेशिक संरचना तर्फ कुनै काम भएको थिएन । २०७४ माघ ३ मा तत्कालीन संघीय सरकारले प्रदेश ३ को मुकाम हेटौँडा तोकेसँगै यहाँबाट प्रदेशको काम सञ्चालन भएको थियो । त्यसो त बागमती प्रदेशको स्थायी राजधानी तोकिएको पनि २ वर्ष पुरा भइसकेको छ । २०७६ पुस २७ गते बागमती प्रदेशसभाबाट हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोकिएको थियो । यस बीचमा प्रदेश सरकारको नेतृत्वम