जनताको दुःख हट्ने गरी काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताउनुभयो । स्थानीय तह नै जनताको नजिकको सरकार हो । स्थानीय तहका गतिविधिकै आधारमा जनताले सरकारप्रतिको धारणा बनाउने […]

सम्बन्धित सामग्री

केही वर्ष गठबन्धन आवश्यक भएकोले आशंका नगर्न प्रधानमन्त्री देउवाको आग्रह

बुटवल । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने उहाँले जिकिर गर्नुभयो । गठबन्धन दलले रुपन्देहीमा शुक्रबार आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले अझै केही वर्ष गठबन्धन […]

उत्तरगंगा र बूढीगण्डकी आयोजना अघि बढाउन मुख्यमन्त्री पोखरेलको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जलालयशुक्त उत्तरगंगा र बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । संघीय सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवालाई विभिन्न विषयमा ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । कम लागतमा उच्च प्रतिफल दिने, गण्डकी प्रदेशका साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्न सक्ने जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिनुपर्नेमा उनले जोड दिएका हुन् । यसका लागि प्रदेश सरकारको समेत लगानी साझेदारी हुनेगरी संघीय सरकारले आव २०७९/८० देखि कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिएका छन् । ‘जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको काम चालू आवदेखि नै अघि बढाउन गण्डकी प्रदेश सरकारको पनि लगानी साझेदारी हुने वातावरण बनाउन अनुरोध गर्छु,’ उनले भने । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासमार्फत समुन्नत राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउन तथा अन्तरप्रदेश समन्वय र विकासलाई सुदृढ बनाउन संघको बजेटमा समेट्नैपर्ने गण्डकीका योजनाको सूची उनले प्रधानमन्त्री देउवालाई बुझाएका छन् । ‘राष्ट्रिय विकास तथा अन्तरप्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्त्वका र अन्तरप्रदेश विकासमा समेत महत्त्वपूर्ण हुन सक्ने आयोजनामा संघ सरकार र प्रदेश सरकारको लगानी साझेदारीका साथै आपसी समन्वयमा त्यस्ता आयोजनाको कार्यान्वयन हुन जरुरी छ,’ मुख्यमन्त्री पोखरेलले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजना सञ्चालित क्षेत्रमा निर्बाध काम हुने वातावरण सुनिश्चित गरिनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । उक्त ध्यानाकर्षणपत्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाएर सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन उहाँले दिनुभयो । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय प्रवर्द्धन गर्न दुवै प्रदेशको समन्वय, लगानी, संघ सरकारको समेत साझेदारीमा मुक्तिनाथदेखि लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माणको योजना समेट्न मुख्यमन्त्री पोखरेलले माग गरेका छन् । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने र पोखराको मुख्य आकर्षक फेवातालको संरक्षण तथा विकासका लागि लगानी सुनिश्चित हुनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । गण्डकी प्रदेशसँग जोडिएका तीनओटा अन्तरराष्ट्रिय नाकाहरू (मुस्ताङको कोरला, नवलपरासीको त्रिवेणी र गोरखाको लार्के)मा भन्सार पूर्वाधार विकास गरी नेपाल–चीन–भारत व्यापार तथा वाणिज्य प्रवर्द्धन गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिएका छन् । यसैगरी गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माणका लागि लगानी गर्नुपर्ने, धार्मिक पर्यटकीय क्षेत्र देवघाटको प्रवर्द्धन गर्न गण्डकी प्रदेशको तनहुँ र नवलपुर तथा बागमती प्रदेशको चितवन जोड्नेगरी त्रिकोणात्मक मोटरेबल पुल निर्माणका लागि उनले माग गरेका छन् । पर्यटकीय राजधानी पोखरा र नेपालको राजधानी काठमाडौं जोड्ने द्रुतमार्ग विकासका साथै वैकल्पिक मार्गको रूपमा रहेको बुद्धसिंह मार्ग कालोपत्र गर्न मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । साथै गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्न साझेदारीमा लगानी सुनिश्चित हुने वातावरण विकासका लागि समेत उनले प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् ।

स्थानीय तहकाे चुनाव वैशाख ३० गते नै हुन्छ : प्रधानमन्त्री देउवा

माेरङ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकिएको मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आज साेमवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नरहेको भन्दै वैशाख ३० गते शान्त र निष्पक्ष चुनाव हुने बताउनुभयो । चुनाव गराउने दायित्व निर्वाचन आयोगको रहेको र सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले नागरिकको मन जितेर काम गर्नुपर्ने...

जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको आग्रह- 'जनताको दुःख हटाउने काम गर्नुस्'

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताए ।

प्रधानमन्त्री देउवाको कर्मचारीलाई आग्रह- ‘कुनै भेदभाव नगरी जनताको काम गर्नुस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न आग्रह निजामती कर्मचारीलाई आग्रह गरेका छन् । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूम

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्

निजी क्षेत्रलाई निर्धक्क काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले बिहीबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ समक्ष सिंहदरवारमा छुट्टाछुट्टै भेटवार्ता गरेको छ। अध्यक्ष गोल्छाले नवनियुक्त प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई सो अवसरमा महासंघको तर्फबाट बधाई दिएका थिए। उक्त भेटमा थिलथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई […]