गहुँखेतीको क्षेत्रफल घट्नुका कारण

नेपालले वर्षेनि ठूलो परिमाणमा भारतबाट गहुँ आयात गरिरहे पनि यहाँ गहुँ खेतीको क्षेत्रफल भने घटिरहेको छ । पछिल्लो ७ वर्षमा नेपालमा गहुँखेती हुने जमिनको क्षेत्रफल ५१ हजार ३०० हेक्टरले घटेको सरकारी तथ्यांक छ । खाद्यान्नका लागि परनिर्भरता बढ्दो छ भने मुलुकभित्र उत्पादन केही बढे पनि अपेक्षित परिमाणमा बढ्न सकेको छैन । यस्तोमा गहुँखेतीको क्षेत्रफल घट्नु चिन्ताको विषय हो । गहुँ लगाउने बेलामा नै सरकारले यसको पनि समर्थन मूल्य तोक्ने, गहुँ नबिके सरकारले नै खरिद गरिदिने जस्ता नीतिगत व्यवस्था गर्न आवश्यक छ । यसो गर्न सके गहुँखेतीको क्षेत्रफल विस्तार गर्न सकिन्छ । सामान्यतया नेपालमा भात खाने प्रवृत्ति बढी भएकाले गहुँको प्रयोग कम हुन्छ । त्यसैले पनि नेपालमा गहुँ खेतीप्रति त्यति धेरै आकर्षण छैन । साथै लागतअनुसार उत्पादन नहुनु र अन्य बालीको तुलनामा गहुँ भित्र्याउन निकै झन्झटिलो प्रक्रिया हुनाले पनि गहुँखेतीको क्षेत्रफल घटेको देखिन्छ । पछिल्लो समय गहुँबाट बन्ने परिकारको प्रयोग बढ्दो छ । त्यसैले मैदा मिलहरूले भारतबाट गहुँ ल्याएर मैदा उत्पादन गरिरहेका छन् । उनीहरूले नेपाली गहुँ खरीद गरेको खासै पाइँदैन । यसो हुनुका कारण नेपाल गहुँखेती पर्याप्त नहुनु नै हो । त्यसमाथि पनि गहुँखेतीको क्षेत्रफल घट्दै गएको छ । यद्यपि क्षेत्रफल घटे पनि उत्पादन भने बढेको पाइन्छ । किसानहरू गहुँखेतीबाट विमुख हुनुको कारण कृषि क्षेत्रमा विद्यमान समस्याहरू नै हुन् । गहुँमात्रै होइन, धान, मकै जस्ता अन्य प्रजातिको खेतीमा पनि नेपालमा समस्यै समस्या छ । किसानले न उचित जातको बिउ पाउन सक्छन् न समयमा मल नै । त्यसमाथि सिँचाइको सुविधा पनि पर्याप्त छैन । मुख्य कुरा त उत्पादनलाई बजारसँग जोड्ने प्रणाली नै बनेको छैन । गहुँको खेती गर्ने समयमा समर्थन मूल्य तोकिँदैन । सरकारले ढिलो मूल्य तोक्छ र किसानसँग उपज पनि खरीद गर्दैन । खरीद गरे पनि न्यून परिमाणमा मात्र गर्छ । त्यस्तै शीत भण्डारको व्यवस्था पनि नभएकाले किसानहरू खेतीबाट नै विमुख भएको पाइन्छ । अर्को कुरा, किसानहरू खाद्यबालीभन्दा नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् । धानभन्दा गहुँको खेती गर्न, बाली भित्र्याउन गाह्रो छ, बजार पाउन झनै गाह्रो छ । युवाहरू वैदेशिक रोजगारीतर्फ जाने क्रम तीव्र छ । यही कारण गाउँमा युवाको संख्या नै निकै कम छ । गाउँका कतिपय उर्बर भूमिमा धान खेती हुन छाडेको छ । यस्तोमा गहुँ खेती पनि प्रभावित हुनु अन्यथा होइन । त्यसैले सरकारले गहुँखेतीलाई पनि उच्च प्राथमिकतामा राख्नु आवश्यक छ । त्यसैअनुसार गहुँ पकेट क्षेत्र विस्तार, यन्त्रउपकरणको सहज पहुँच, मल तथा उन्नत जानका बीउको सर्वसुलभता जस्ता कुरामा सरकारको ध्यान जानै पर्छ । मुख्य कुरा त गहुँ लगाउने बेलामा नै सरकारले यसको पनि समर्थन मूल्य तोक्ने, गहुँ नबिके सरकारले नै खरिद गरिदिने जस्ता नीतिगत व्यवस्था गर्न आवश्यक छ । यसो गर्न सके गहुँखेतीको क्षेत्रफल विस्तार गर्न सकिन्छ र उत्पादन तथा उत्पादकत्व पनि बढाउन सकिन्छ । अहिले भारतले गहुँ निर्यातमा रोक लगाएको छ जसका कारण नेपालका मैदा मिल समस्यामा परेका छन् । नेपालको अनुरोधलाई स्वीकार गरेर उसले नेपालका लागि ५० टन गहुँ निर्यात गर्न दिएको छ र त्यसको पहिलो खेप पनि नेपाल भित्रिइसकेको छ । मैदा उद्योगहरूले २ लाख टन गहुँ आवश्यक पर्ने बताएका छन् । यसले नेपालमा गहुँको बजार राम्रै रहेको देखाउँछ तर नेपाली किसानले बजारको यो हिस्सा पाउन सकेका छैनन् । त्यसैले नेपालले गहुँ खेतीको विस्तारका लागि  विशेष प्रोत्साहन प्याकेज ल्याउनुपर्छ र उचित मूल्यमा गहुँ विक्रीका लागि उपयुक्त वातावरण बनाइदिनुपर्छ ।

सम्बन्धित सामग्री

वर्षा, भू–क्षयका कारण धान खेतीको क्षेत्रफल घट्दै, यसरी बढाउन सकिन्छ उत्पादन

तनहुँ । बर्सेनि हुने वर्षा, भू–क्षयका कारण कृषिमा आधारित धान खेतीको क्षेत्रफल घट्ने क्रममा रहेको छ । कृषिमा आत्मनिर्भर मानिएको मुलुक नेपालमा अहिले धान खेती घट्ने क्रममा रहेको छ । बाढी, पहिरो, भू–क्षयका कारण धान खेतीको क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र, तनहुँले जनाएको छ । बाढी, पहिरोका कारण सिँचाइ हुने क्षेत्रमा समेत पानीका अभाव भएर खेतीयोग्य भूमि बाझिन थालेको कृषि ज्ञान केन्द्र, तनहुँका प्रमुख कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार विगतको तुलनामा बर्सेनि धान उत्पादन घट्दो अवस्थामा छ ।  ‘युवा विदेशिनु एउटा कारण हो, तर बर्सेनि वर्षायाममा आउने बाढीपहिरोका कारण पनि धान खेती घट्दै गएको छ,’ उनले भने, ‘सिँचाइ हुने खेतीयोग्य भूमि अहिले सिँचाइ हुन नसक्दा बाझिएको छ, जसले गर्दा धान खेतीको क्षेत्रफल घटेको हो ।’ बर्सेनि आउने बाढीपहिराले धान खेत पुरिदिने, कुलो, नहर भत्किने, खेतमा धान रोप्ने बेलामा मल अभाव हुने र निर्माण तथा मर्मत नहुँदा खेतीयोग्य भूमि घट्दै गएको उनले बताउनुभयो ।  यी विभिन्न कारणले गर्दा क्षति पुग्दा चैते धान मात्रै नभएर वर्षे धानलगायत सबै खेती घट्ने क्रममा रहेको उनले जानकारी दिए । खेती गर्ने समयमा आवश्यक पर्ने समस्याको समाधान गर्न सकिएमा उत्पादनलाई बढाउन सकिने उनको भनाइ छ । कूल क्षेत्रफल ११ हजार हेक्टरमा वर्षे धान खेती हुने गरेको उनले जानकारी दिए । उक्त क्षेत्रफलमा हुनेमा चार हेक्टर क्षेत्रफल घटेर आठ हजार हेक्टर क्षेत्रफलमा अहिले धान खेती हुने गरेको उनको भनाइ छ । उनका अनुसार उक्त क्षेत्रफलमा तनहुँमा २४ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।  रामधान, सावित्री, हर्दिनाथ १, हर्दीनाथ हाइब्रिड १ लगायतका धान लगाउने गरेको छ । विभिन्न क्षेत्रमा सडक विस्तारको क्रममा खेतलाई गेग्रानले पुर्ने, कुलो पुर्ने, पुराना भएका कुलाको निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘नयाँ नयाँ हाइब्रिड धान लगाउनुपर्ने अवस्था रहेको छ, प्रविधिको उपयोग गरी उत्पादन बढाउने कार्यतर्फ सरकारको ध्यान जानुपर्छ,’ उनले भने, ‘सङ्घीय सरकारले ऐन बनाएर स्थानीय सरकारलाई कार्यान्वयनका लागि दिनुपर्ने अवस्था छ, यसले गर्दा जमिन बाझिने कार्य रोकिन्छ ।’ मानिसले काम गर्न गाह्रो मान्ने भएकाले कृषिलाई निरन्तरता दिन प्रोत्साहनका लागि धान रोप्ने, काट्ने, झाट्ने, धान प्रशोधन गर्ने मेसिन उपलब्ध गराउन सक्नुपर्छ । यसले गर्दा धान उत्पादन वा कृषिमा आधारित भइरहने उनले बताए । कृषकलाई सहज बनाउने उद्देश्यले प्रविधियुक्त बनाउन आवश्यक छ ।  खेतको क्षेत्रफल नै घट्दै गएको अवस्थामा तनहुँमा चैते धान खेतीको क्षेत्रफलसँगै उत्पादन पनि घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष २० प्रतिशतले धान उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्रका प्रमुख कृषि विकास अधिकृत तिवारीले बताए । धान फूल खेल्ने बेलामा यस वर्ष लामो समय खडेरी परेकाले फल राम्रो नलाग्दा उत्पादन घटेको किसान बताउँछन् । पछिल्लो केही वर्षयता चैतेधान खेतीको क्षेत्रफलसमेत घट्दै गएको छ । युवा जति विदेश गएपछि खेती गर्ने क्रम घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।  विगतमा कूल ६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएकामा एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको तिवारीले बताए । उनका अनुसार उक्त क्षेत्रपलमा पाँच हजार मेट्रिक टन धान उत्पादन भएको छ । चैते धान विक्रीमा समस्या, चिउरा मिल पर्याप्त नहुनु, खडेरीले पनि उत्पादनमा असर गरेको उनले बताए ।  खेतमा सिँचाइ सुविधा नहुँदा यस वर्ष चैते धान उत्पादनमा ह्रास आएको बन्दीपुर गाउँपालिका–१ वासु पन्थले बताए । उनले भने, ‘यस वर्ष धान काट्ने समयमा हामी खुसी नै छौं, तर फल हाल्ने बेला लामो खडेरीको खेप्नुप¥यो, यसले गर्दा उत्पादन हुन सकेन ।’  विगतका वर्षमा १० रोपनी क्षेत्रफलबाट ४० देखि ५० मुरी धान उत्पादन गरेकामा यस वर्ष मात्रै उत्पादन हुने उनको अनुमान छ । सिँचाइको सुविधा नहुनु, समयमा मल बीउ सरकारले कृषिमा गर्नुपर्ने जति लगानी नगर्नु, कृषकका आवश्यकताअनुसार सहज प्राविधिक सहयोग नपाउनुजस्ता कारणले उर्बर भूमिमा ह्रास आएको हो ।  खेतमा काम गर्ने जनशक्तिको कमीका कारण पनि चैते धानको खेती घट्दै गएको तिवारीले बताए । उनले भने, ‘अहिले अधिकांश युवा वैदेशिक रोजगारीमा जान्छन्, हातमा पैसा भएपछि दुःखै नगरी विभिन्न प्रकारका चामल पाइने हुँदा हिलोमा गएर काम गर्न रुचाउँदैनन् ।’  कृषिमा आधुनिक प्रविधि भित्र्याउन नसक्दा पनि खेतीयोग्य भूमि घट्दै गएको उनले बताए । गत वर्ष दुई हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा सात हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ । उक्त क्षेत्रफलमा ६ हजार तीन सय मेट्रिक टन धान उत्पादन हुने ज्ञान केन्द्रको अनुमान छ । जिल्लाका १० ओटै पालिकाका सिँचाइ सुविधा भएका चुँदीफाँट, कलेस्ती फाँट, साँगे फाँट, पुट्टार फाँट, रिस्ती फाँटलगायत फाँटमा चैते वा वर्षे धान खेती गरिन्छ । रासस

स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट

स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी भइरहेको छ । हिजो शनिवारदेखि विशाल जङ्गलमा सुरु भएको आगलागीले अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रफल जलेर ध्वस्त भएको छ । जङ्गल वरपरका एक हजार पाँच सय जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको समाचार संस्था रोयटर्सले जनाएको छ । दर्जनाैँ दमकलसहित सात सय जना आगलागी नियन्त्रक खटिए पनि आगो निभेको छैन । चर्को खडेरी र तीव्र गतिको हावाका कारण आगो निभाउन कठिन भइरहेको आगलागी नियन्त्रणमा संलग्न अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । अहिलेको आगलागीले गइकार्त वर्षको...

घट्दै छ गहुँ उत्पादनको क्षेत्रफल

काठमाडौं । उत्पादनको हिसाबले गहुँ नेपालको तेस्रो प्रमुख खाद्य बालीमा पर्छ । उत्पादनको प्रचुर सम्भावनासमेत बोकेको तेस्रो प्रमुख खाद्य बाली उत्पादन हुने जमीनको क्षेत्रफल भने वर्षेनि घट्दै गएको देखिन्छ । पछिल्लो ७ वर्षमा नेपालमा गहुँखेती हुने जमीनको क्षेत्रफल ५१ हजार ३०० हेक्टरले घटेको सरकारी तथ्यांक छ । लागतअनुसार उत्पादन नहुनु र अन्य बालीको तुलनामा गहुँ भित्र्याउन झन्झटिलो प्रक्रिया हुनुलाई गहुँ उत्पादन हुने जमीनको क्षेत्रफल घट्नुको प्रमुख कारण मानिएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी आफूले जानेदेखि नै गहुँखेतीलाई घाटा खेतीका रूपमा हेर्ने गरिएको सम्झन्छन् । ‘हिजोका दिनमा किसानसँग अर्को विकल्प थिएन । त्यसैले घाटा नै भए पनि बाध्य भएर गहुँखेती गर्थे । अहिले छोटो समयमै नाफा दिने अन्य बालीका विकल्प किसानसँग छन्, जसले गर्दा गहुँ उत्पादनमा किसानको विकर्षण धेरै छ,’ उनले भने, ‘गहुँबाट धानजस्तो सहज तरीकाले दाना निकाल्न कठिन छ । पहाडी क्षेत्रमा थ्रेसिङ मेशिन पुग्न सकेका छैनन् । हिउँदे बाली भएकाले समयमा सिँचाइको व्यवस्था पनि गर्न सकिँदैन ।’ उन्नत जातको बीउ र मलको अभाव पनि किसानले भोग्नुपरेको उनले बताए । ‘यसले गर्दा गहुँ उत्पादन हुने जमीनको क्षेत्रफल विस्तार हुन सकेको छैन,’ उनले आर्थिक अभियानसँग भने । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा नेपालमा कुल ७ लाख ६२ हजार ३७३ हेक्टर जमीनमा गहुँखेती गरिएको थियो । त्यस वर्ष १९ लाख ७५ हजार ६२५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । आव २०७७/७८ सम्म आइपुग्दा उत्पादनको क्षेत्रफल ५१ हजार ३०६ हेक्टरले घटेर ७ लाख ११ हजार ६७ हेक्टर कायम भएको छ । उत्पादन भने बढेर २१ लाख २७ हजार २६७ मेट्रिक टन पुगेको देखिन्छ । यद्यपि यो उत्पादन अपेक्षाअनुरूप नभएको मन्त्रालयको भनाइ छ । आव २०७७/७८ को तथ्यांकअनुसार धानबालीले कुल खेती हुने जमीनमध्ये ५० दशमलव ५६ प्रतिशत, मकै बालीले २६ दशमलव ९६ प्रतिशत र गहुँबालीले १९ दशमलव १३ प्रतिशत ओगटेको छ । उत्पादनको हिसाबले तेस्रो प्रमुख बाली भए पनि गहुँखेती हुने जमीनको क्षेत्रफल घट्दै गएर अपेक्षाकृत उत्पादन हुन नसक्दा वर्षेनि अर्बौं रुपैयाँको गहुँ आयात गर्नुपर्ने बाध्यता छ । गत आवमा नेपालमा ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको १ लाख ९१ हजार मेट्रिक टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा मुख्य गरी भारतबाटै गहुँ आयात गर्ने गरिन्छ । नेपालमा अहिले भइरहेको गहुँ उत्पादन खाद्य प्रयोजनका लागि पर्याप्त भएको बताइन्छ । विदेशबाट आयात हुने सबै गहुँ औद्योगिक प्रयोजनमा प्रयोग गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक शाखाका प्रमुख रामकृष्ण रेग्मीले जमीनको खण्डीकरण भएर खेतीयोग्य क्षेत्रफल घट्दै गएको र उत्पादन लागतअनुसारको नाफा नहुने भएकाले गहुँखेतीतर्फ किसानको आकर्षण घट्दै गएको बताए । उनका अनुसार नेपालमा भात खाने चलन निकै पुरानो छ । अझ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा पनि भात खाने संस्कृति बढ्दै गएकाले पनि धानखेतीतर्फ बढी र गहुँखेतीमा कम आकर्षण रहेको बताइन्छ । गहुँ उत्पादन बढाउन सरकारले नै विशेष पहल थाल्नुपर्ने अभियानका संयोजक अधिकारी बताउँछन् । गहुँकै लागि भनेर उच्च अनुदान दिने, गहुँ पकेट क्षेत्र विस्तार गर्ने, यन्त्र उपकरणको सहज पहुँच बढाउने र मल तथा उन्नत जातका बीउको सर्वसुलभता प्रदान गर्नेतर्फ सरकार अग्रसर भए किसानलाई गहुँखेतीतर्फ आकर्षित गर्न सकिने उनको भनाइ छ ।

चैतेधानको क्षेत्रफल र उत्पादन दुवै घट्दै

काठमाडौं । चैते धान उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला वर्षमा चैतेधान उत्पादन हुने क्षेत्रफल र यसको उत्पादन घट्दै गएको पाइएको हो । सिँचाइ अभावले चैतेधान उत्पादनतर्फ किसानको आकर्षण नबढेको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा १ लाख २० हजार ४२ हेक्टर जमीनमा गरिएको खेतीबाट ५ लाख ६१ हजार १ सय ९७ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । आव २०७९/८० मा उत्पादन क्षेत्रफल ११ हजार ४ सय ३५ हेक्टरले घटेर १ लाख ८ हजार ६ सय ७ हेक्टरमा सीमित भएको छ । यसवर्ष चैतेधानको उत्पादन पनि २० हजार ८ सय ६६ मेट्रिक टनले घटेर ५ लाख ४० हजार ३ सय ३१ टन कायम भएको छ । चैतेधान उत्पादन घट्दै जानुमा सरकार नै प्रमुख कारणका रूपमा रहेको राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले बताए । उनका अनुसार चैतेधानको पनि समर्थन मूल्य तोकेर त्यसको सही कार्यान्वयन गर्दै समयमै सरकारले नै खरीद गर्ने व्यवस्था मिलाउन सके र मल, बीउ, सिँचाइको सुविधा दिन सके किसानले उत्पादनमा जाँगर देखाउनेछन् । प्रदेशगत रूपमा सबैभन्दा बढी चैतेधान उत्पादन प्रदेश १ मा हुने गरेको तथ्यांकले देखाएको छ । यहाँ ५८ हजार हेक्टर जमीनमा चैतेधान खेती हुन्छ । उक्त क्षेत्रफलको खेतीबाट ३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यो कुल उत्पादनको आधाभन्दा बढी हो । कर्णाली प्रदेशमा सबैभन्दा कम चैतेधान उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । कर्णालीमा १ सय ९१ हेक्टर जमीनको खेतीबाट करीब साढे ८ सय मेट्रिक टन चैतेधान उत्पादन भएको छ । सरकारले चैतेधान उत्पादनमा सम्भावना राम्रो रहेको बताए पनि किसानको आकर्षण घट्दै जानुमा सिँचाइको अभाव प्रमुख कारणका रूपमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘धानबालीका लागि नियमित सिँचाइ हुनु अपरिहार्य हुन्छ तर चैतेधान रोप्ने समयमा आकाशबाट पानी पर्दैन । जहाँ कुलो वा नहरको व्यवस्था हुन्छ त्यस्तो ठाउँमा मात्रै चैतेधान खेती हुन्छ,’ उनले भने । चैतेधानको समयावधि (धान रोपेदेखि पाक्ने समय) पनि वर्षे धानको भन्दा करीब ३० दिन बढी हुने भएकाले अर्को बालीलाई असर गर्ने समस्या धेरै हुन्छ । यसले गर्दा किसानले यसको खेती कम गर्छन् । वर्षेधान पाक्ने न्यूनतम समय १ सय २० दिन हो भने चैतेधान पाक्ने समय १ सय ५० दिन हो । यसका साथै चैतेधानमा ओसिलोपन बढी हुने हुँदा सुकाउन प्रशस्त समय चाहिन्छ । चैतेधान थ्रेसिङ गरेर सक्नेबित्तिकै किसानले वर्षे धानका लागि तयारी गर्नुपर्ने हुन्छ । यसले गर्दा धान सुकाउन किसानलाई समय हुँदैन । चाँडो सुकाउने मेशिनको अभाव छ । उत्पादन सम्भावनातर्फ हेर्दा अहिलेकै अवस्थामा पनि १ लाख हेक्टर क्षेत्रफल बढाउन सकिने अवस्था छ । तर, विभिन्न समस्याका कारण उत्पादन बढाउन नसकिएको सञ्जेल बताउँछन् ।

भारतमा जनसांख्यिक विभाजन

खासमा यसमा उत्सव मनाउनुपर्ने कुनै कारण छैन। चीनको क्षेत्रफल झण्डै ९६ लाख वर्ग किलोमिटर (३७ लाख वर्ग माइल) छ। भारतको क्षेत्रफल ३३ लाख वर्ग किलोमिटर छ।...

चितवनमा तोरीखेतीको क्षेत्रफल बढ्यो

चितवन । चितवनमा तोरीखेतीको क्षेत्रफल बढेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालू आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २६० हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको थियो । कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार गत आवको तुलनामा यस वर्ष तोरीखेती गर्ने कृषकको संख्या समेत बढेको छ । ‘यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ,’ उनले भने, ‘यसले कृषकलाई आकर्षित गर्‍यो ।’ गहुँ लगाउने किसानहरू तोरीखेतीतर्फ आकर्षित भएकाले  यसको क्षेत्रफल बढेको उनको भनाइ छ । छिटो उत्पादन लिने बाली भएकाले तोरीखेतीमा कृषक आकर्षित भएको उनले बताए । ‘तोरी खेती गरेपछि अन्य बाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ,’ उनले भने । गतवर्ष जिल्लामा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहेको भए पनि यो वर्ष २ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले तोरी खेती गर्न थालेका छन् । जंगली जनावरले खासै नोक्सान नपुर्‍याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएको उनले बताए । जिल्लाको माडी नगरपालिका वडा नम्बर ३ की रसपतिया चौधरी विगत तीन वर्षदेखि तोरीखेती गर्दै आएकी छिन् । त्यसअघि गहँु खेती गर्ने उनले जंगली जनावरका कारण दुःख पाएपछि माइतीको सल्लाह बमोजिम तोरी खेती शुरू गरेकी हुन् । ‘जनावरले मकै, गहुँलगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन शुरू गरेँ,’ उनले भनिन् । रासस

चितवनमा क्षेत्रफल बढेसँगै तोरीको उत्पादन पनि बढ्दो

मंसिर २३, चितवन । चितवनमा पछिल्ला वर्षहरुमा तोरीको क्षेत्रफल बढेसँगै तोरी उत्पादनमा पनि वृद्धि हुँदै गएको छ । कृषि ज्ञान केन्द्र चितवनले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७ मा १२ हजार २५५ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा उक्त वर्ष १२ हजार १८० मेट्रिक टन तोरी उत्पादन भएको छ ।  यस्तै, आर्थिक वर्ष ०७७/७८ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार २१८ मेट्रिक टन र ०७७/७८ मा १२ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोले यो वर्ष तोरीको क्षेत्रफलमा थप वृद्धि भई उत्पादन पनि सोही अनुसार वृद्धि हुने अनुमान गरिएको छ ।  ‘अहिले मौसम अनुकुल छ, तोरी राम्रो फुलेको छ, तुषारो पनि परेको छैन ।’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने । उनका अनुसार  पछिल्ला वर्षहरुमा क्षेत्रफलसँगै तोरीमा कृषकहरुको आकर्षण पनि बढ्दै गएकोले पनि उत्पादनमा पनि वृद्धि हुंँदै गएको पाण्डेले बताए ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले तोरीबालीमा आकर्षणसँगै पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरिएकोले पनि तोरीको क्षेत्रफलसँगै उत्पादनमा वृद्धि भएको बताए । ‘तोरीको मूल्य वृद्धिसँगै माग पनि बढ्यो, उनले भने, अन्य खेती छोडेर कृषकले तोरी लगाउन थाले ।’ यो वर्ष माडीमा ब्लक कार्यक्रम चलाइएको र तोरीको फूल राम्रो फुलेको र परागसेचन राम्रो भएकोले तोरी उत्पादनमा वृद्धि हुने पौडेलको भनाइ छ । यसभन्दा अघिका आर्थिक वर्षमा भने क्षेत्रफल घटबढ भएसँगै तोरीको उत्पादनमा पनि घटबढ भएको छ । जसअनुसार ०७४/७५ मा १२ हजार २५१ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार २०० मेट्रिकन, तोरी उत्पादन र आव ०७५/७६ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार १२ हजार ३०० मेट्रिक टन तोरी उत्पादन भएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  तोरीको उत्पादकत्वमा उत्तारचढाव  चितवनमा हरेक वर्ष लगाईदै आएको तोरीबालीको उत्पादकत्वमा उत्तारचढाव आएको छ । प्रतिहेक्टर उत्पादन १ मेट्रिक टनको हाराहारीमा भएपनि मल तथा मौसमका कारण उत्तारचढाव आएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  जसअनुसार आव ०७४/७५ मा प्रतिहेक्टर उत्पादकत्व ९९५ दशमलव ८३ केजी, ०७५/७६ मा एकहजार ३ दशमलव २६, आव ०७६/७७ मा ९९३ दशमलव ८८, ०७७/७८ मा ९९६ दशमलव ५७ र चालू आर्थिक वर्षमा पनि १ हजार हुने अनुमान गरिएको छ ।  यो वर्ष गत वर्षभन्दा १० हेक्टर क्षेत्रफलमा वृद्धि भएकोले १० मेट्रिक टन बढी तोरी उत्पादन हुने अनुमान गरिएको हो । ‘मौसम, मल, क्षेत्रफल, सिँचाइको पर्याप्तता अनुसार यसको उत्पादकत्वमा पनि असर पर्छ ।’ ज्ञान केन्द्र प्रमुख पाण्डेले भने ।  चितवनमा तेलहन बालीमा तोरी, सर्स्यु, तिलबाली लगाईदै आएको छ । यहाँ स्थानीय उन्नति, प्रगति, लुम्ले १, प्रिति मोरङ जातको तोरी लगाईन्छ भने सर्स्युमा कृष्णा पुसा र पुसा बोल्ड जातको लगाईन्छ ।  चितवनमा खेती योग्य जमिनको करीब २८ प्रतिशत क्षेत्रफलमा तेलहन बाली लगाईदै आएको छ । विशेषगरी नेपालमा चितवन लगायत बाँके, बर्दिया, कैलाली, दाङ, कैलाली, मोरङ, सुनसरी र खोटाङ जिल्लामा तेलहन बाली लगाइने गरिन्छ ।

बागलुङमा क्षेत्रफलसँगै धान उत्पादनमा वृद्धि

धान खेती गर्ने जमिनको क्षेत्रफलसँगै यस वर्ष बागलुङमा धान उत्पादनमा समेत वृद्धि भएको छ । धान खेतीका लागि अनुकुल मौसम परेको कारण क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको हो ।कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लाभरमा यस वर्ष ६ हजार एक सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोे थियो । धन खेती भएको यो क्षेत्रफल गत वर्षको […]

मकवानपुरमा आलुको उत्पादन घट्यो

मकवानपुरको तरकारी पकेट क्षेत्रका रूपमा रहेको थाहा नगरपालिका क्षेत्रमा आलु खेती गरिएको क्षेत्रफल वृद्धि भए पनि आलुको उत्पादन र उत्पादकत्व घटेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आलु लगाइएको क्षेत्रफल विस्तार भए पनि गत वर्षको अनुपातमा यो वर्ष असिना पानीका कारण उत्पादनसँगै उत्पादकत्वमा ह्रास आएको हो । गत वर्ष छ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यो वर्ष बढेर सात सय हेक्टरमा लगाइएको छ । थाहा नगरपालिकाका कृषि शाखाका प्रमुख सञ्जय तिवारीले अघिल्ला वर्षहरूको तुलनामा आलु खेती गर्ने क्षेत्रफल विस्तार भए पनि उत्पादन र उत्प...