हिमालयन तथा बीओकेले पाए मेलम्चीको ग्यारेन्टी बापतको रकम फिर्ता

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले एक दशकपछि चीनमा जितेको मुद्दाको सम्पूर्ण रकम मंगलबार फिर्ता पाएका छन् ।लामो समयदेखि बैंक जमानतको रकम अड्किँदा दुवै बैंकले चीनमा मुुद्दा लडिरहेका थिए । तर, १५ साउनमा मुद्दा जितेको २० दिनपछि दुवै बैंकले पैसा फिर्ता पाएका हुन् ।बैंक अफ काठमाण्डूले अमेरिकी डलर ६६ लाख २५ हजार १० […]

सम्बन्धित सामग्री

बैंक अफ काठमाडौँ र हिमालयनले पाए डेढ अर्ब रकम फिर्ता

काठमाडौँ-  बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बस्दा फसेको रकम फिर्ता पाएका छन् । उक्त काउन्टर ग्यारेन्टी बापतको रकममा बीओकेले ९० करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ आज फिर्ता पाएका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले खबरहबलाई जानकारी दिए । आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रयोजनका लागि मेलम्ची […]

बीओके र हिमालयन बैंकले चीनबाट फिर्ता पाए १ अर्ब ८७ करोड

बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता पाएका छन् । चीनमा यी दुई बैंकको पक्षमा मुद्दाको फैसला भएसँगै १० वर्षपछि बीओकेको करिब १ अर्ब ३ करोड (६६ लाख २५ हजार अमेरिकी डलर र १४ लाख ११ हजार यूरो) तथा हिमालयनको करिब ८४ करोड रुपैयाँ (६६ लाख अमेरिकी डलर) काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आएको हो ।

बीओके र हिमालयन बैंकले चीनबाट फिर्ता पाए १ अर्ब ८७ करोड

बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता पाएका छन् । चीनमा यी दुई बैंकको पक्षमा मुद्दाको फैसला भएसँगै १० वर्षपछि बीओकेको करिब १ अर्ब ३ करोड (६६ लाख २५ हजार अमेरिकी डलर र १४ लाख ११ हजार यूरो) तथा हिमालयनको करिब ८४ करोड रुपैयाँ (६६ लाख अमेरिकी डलर) काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आएको हो ।

दुई बैंकले जिते मेलम्ची खानेपानी आयोजनाको मुद्दा

काठमाडौं, २० साउन । मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाईना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्ने छ । […]

मेलम्चीको बैंक ग्यारेन्टी मुद्दामा हिमालयन बैंकले पाउने भयो ६६ लाख ५५ हजार डलर

मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाईना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम  फिर्ता गर्नुपर्ने छ ।फैसला अनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बापतको  ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने छ । यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले सन् नभेम्बर ६, २०२० मा पनि नेपाली बंैकहरुको पक्षमा फैसला गरेको थियो तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।हिमालयन बैंक र बैंक अफ काठमाडौंले सन् २००९ मा चाईना कन्सट्रक्सन बैंकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

हिमालयन र बीओकेले चीनमा जिते मुद्दा, करिब १ अर्ब ८० करोड फिर्ता पाउने

हिमालयन र बैंक अफ काठमाण्डू (बीओके)ले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम फिर्तासम्बन्धमा चीनमा मुद्दा जितेका छन् । मुद्दा जितेसँगै बीओकेको करिब १ अर्ब (६६ लाख २५ हजार डलर र १४ लाख ११ हजार यूरो) र हिमालयनको करिब ८० करोड (६६ लाख डलर) रुपैयाँ काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आउने भएको छ  ।

चीनमा नेपाली बैंकले मुद्दा जिते, डेढ अर्ब पाउने

१७ साउन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्काको लागि दिएको काउन्टर ग्यारेन्टी वापतको रकम बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पाउने भएका छन् । १० वर्षपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा मुद्दा जितेसँगै उक्त रकम फिर्ता पाउने उक्त मुद्दा लडेका कानुन व्यवसायी डा. गान्धी पण्डितले जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने […]

हिमालयन र बैंक अफ काठमाण्डूले जिते डेढ अर्बको मुद्दा

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी समबन्धि मुद्दा जितेका छन् । चीनको उच्च अदालतमा यी २ बैंकले काउन्टर ग्यारेन्टी समबन्धि डेढ अर्बको मुद्दा जितेका हुन्।मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेका यी २ बैंकले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेका हुन् । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो । यो फैसलासंगै यी २ बैंकले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको रकम पाउने छन् । बिओकेका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले बैंकले अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम फिर्ता पाउने बताए । के थियो मुद्दा ?चाइना रेल्वेले मेलम्ची आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको थियो। तर कम्पनीले सम्झौताको १५ प्रतिशत भुक्तानी लगेर काम भने गरेन । काम नगरेपछि मूख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन्स बैंकले मेलम्ची आयोजनासँग रकम माग गरेको थियो । आयोजनाले सहायक काउन्टर ग्यारेन्टी बसेका नेपाली २ बैंकसँग रकम मागेको थियो । यी बैंकले मुख्य ठेकेदारले रकम दिए मात्र आयोजनालाई पैसा दिने बताएका थिए। मुख्य ठेकदारले चिनियाँ अदालतमा मुद्दा दायर गरेको थियो र अदालतले नेपाली बैंकलाई पैसा दिनु नपर्ने आदेश दियो । त्यसपछि यी २ बैंकले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनी बिरुद्द माथिल्लो अदालतमा पुनरावेदन माग गर्दै मुद्दा दायर गरेका थिए । सो मुद्दा भने यी २ बैंकले जितेका थिए । उक्त आदेश विरुद्द चिनियाँ कम्पनी त्यहाँको मथीलो अदालत गएकोमा माथिल्लो अदालतले पनि नेपालका २ बैंकको पक्षमा फैसला गरेको हो ।