हिमालयन र बिओकेले चीनमा मुद्दा जितेपछि डेढ अर्ब रुपैयाँ फिर्ता पाए

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले चीनमा मुद्दा जितेपछि करिब डेढ अर्ब रकम फिर्ता पाएका छन् । यी २ बैंकले एक दशक लामो प्रयासपछि पैसा फिर्ता पाएका छन्। मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुल उपर सम्बन्धी मुद्दा चीनको अदालतमा सुनुवाइ भएको थियो । गत साउन १५ गते यी २ बैंकले मुद्दा जितेका हुन् । मुद्दाको अन्तिम फैसला भएको २० दिनपछि बैंकले सबै पैसा फिर्ता पाएका छन् ।बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयन बैंकले ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता पाएको हो । यसअघि, २ वर्षअघि पनि यी २ वटै बैंकले मुद्दा जितेका थिए । तर, मुद्दा हारेको पक्ष माथिल्लो अदालत गएको थियो । नेपालका बैंकले मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले पैसा फिर्ता गरिदिएको हो ।

सम्बन्धित सामग्री

हिमालयन तथा बीओकेले पाए मेलम्चीको ग्यारेन्टी बापतको रकम फिर्ता

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले एक दशकपछि चीनमा जितेको मुद्दाको सम्पूर्ण रकम मंगलबार फिर्ता पाएका छन् ।लामो समयदेखि बैंक जमानतको रकम अड्किँदा दुवै बैंकले चीनमा मुुद्दा लडिरहेका थिए । तर, १५ साउनमा मुद्दा जितेको २० दिनपछि दुवै बैंकले पैसा फिर्ता पाएका हुन् ।बैंक अफ काठमाण्डूले अमेरिकी डलर ६६ लाख २५ हजार १० […]

बैंक अफ काठमाडौँ र हिमालयनले पाए डेढ अर्ब रकम फिर्ता

काठमाडौँ-  बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बस्दा फसेको रकम फिर्ता पाएका छन् । उक्त काउन्टर ग्यारेन्टी बापतको रकममा बीओकेले ९० करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ आज फिर्ता पाएका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले खबरहबलाई जानकारी दिए । आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रयोजनका लागि मेलम्ची […]

हिमालयन बैंकले जित्यो चीनमा मुद्दा

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको बैंक जमानतसम्बन्धी मुद्दामा चीनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टीबापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले पैmसला गरेपछि अब चाइना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टीबापतको रकम फिर्ता गर्नुपर्ने भएको छ । फैसलाअनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टीबापतको ६६ लाख ५५ हजार […]

मेलम्चीको बैंक ग्यारेन्टी मुद्दामा हिमालयन बैंकले पाउने भयो ६६ लाख ५५ हजार डलर

मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाईना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम  फिर्ता गर्नुपर्ने छ ।फैसला अनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बापतको  ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने छ । यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले सन् नभेम्बर ६, २०२० मा पनि नेपाली बंैकहरुको पक्षमा फैसला गरेको थियो तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।हिमालयन बैंक र बैंक अफ काठमाडौंले सन् २००९ मा चाईना कन्सट्रक्सन बैंकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

अन्तत: १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बीओके)ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् । लामो कानुनी लडाइँपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । “सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला,” […]

नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

काठमाडौं । अन्तत: १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बिओके ) ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् । लामो कानुनी लडाईपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । ‘सायद १० दिनभित्रमा जमानत […]

माओवादी नेता पुन चार महिनापछि स्वदेश फिर्ता

काठमाडाैं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरे।करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन आज नेपाल फिर्ता भएका हुन्।हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गो विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला

बैंकले बढाएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता भएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार राति ९ बजे तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो। आइतवार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए।…