धर्नामा सहभागी नेता गुरुराज घिमिरेले आफूहरूको आन्दोलन न्यायका लागि भएको पत्रकारसँग बताए । ‘हामी पार्टीको विरुद्धमा छैन । हामीले पार्टीभित्र न्याय मागेका हौ । अन्याय सहदैनौं भनेर विरोध गरेका हौं । त्यसैले हामी प्ले कार्ड र नाराबाजी गर्दैनौं । धर्ना पूर्णरूपमा मौन छ’, घिमिरेले भने ।