सत्ता गठबन्धनको बैठक छाडेर पाँच दलका शीर्ष नेता होटल याक एण्ड यती पुगेका छन् । शीर्ष नेताहरू बैठकबाट निस्केपछि अन्य नेताहरू अलमलमा परेका छन् । सिट बाडफाँटका लागि बिहीबार दिउँसो २ बजेलाई कार्यदलसहित गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो । दुई बजेको निर्धारित समय भएपनि बैठक ३ बजेमात्रै सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै शीर्ष नेता सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनका लागि बालुवाटारबाट हिँडेका थिए । पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओ