नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्ने बताएका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरी आजदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको मधेश प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धनमा रहेका दलहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेकाले एउटा ठोस धारणा आउनुपर्ने बताए।
“गठबन्धनमा रहेका नेताहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेका छन्”, वरिष्ठ नेता पोखरेलले भने, “त्यसैले सत्तारूढ गठबन्धनको तर्फबाट एउटै धारणा बनाएर एमसीसी संसद्म...