मेयर बालेनले भेटे बाबुरामलाई

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं मनपा मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श, सफलताको हार्दिक शुभकामना।’...

सम्बन्धित सामग्री

नामै किटेर महानगरले प्रहरीमा गर्यो उजुरी‚ मेयर बालेन र उपमेयर डंगोलले भेटे घाइते

काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सुकुम्बासीसँगको झडपमा घाइते भएका नगर प्रहरीलाई नर्भिक अस्पतालको आइसियूमा पुगेर भेटेका छन्। उनीहरू सोमबार साँझ अस्पतालमा पुगेका थिए।थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा भएको झडपमा घाइते भएर उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिन मेयर बालेन र उपमेयर डंगोल नर्भिक पुगेका थिए। साँझ करिब पौने ८ बजेतिर नर्भिक पुगेका बालेनले त्यहाँ उपचार गराइरहेका नगरप्रहरीको

आक्रमण गर्न पुगेका जोगीलाई मेयर बालेन आफैँले भेटे

काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका हुन्।जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए।भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो।त्यसपछि भनाभन भएको थियो।जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए।

मेयर बालेन शाहले भेटे कुमारी आमा निहारिकालाई, फेशबुकमा यस्तो लेखे

काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुमारी आमा निहारिका राजपुतलाई भेटेका छन्। मेयर शाहले आज (शनिबार) शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई भेटेका हुन्। निहारिकासँगको भेटबारे सामाजिक सञ्जाल फेशबुक पेजमा मेयर शाहले लेखेका छन्–‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति […]

मेयर बालेन शिक्षामन्त्रीलाई भेटे, महानगरको शैक्षिक गुणस्तरबारे छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेका छन् । भेटमा महानगरको शैक्षिक गुणस्तर सुधार, शिक्षकको दरबन्दीलगायतका विषयमा छलफल भएको बताइएको छ । मन्त्री पौडेलले मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । पौडेलले महानगरभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब […]

मेयर बालेनसँग फिल्मकर्मीले भेटे,कर छुटसहित तीन माग

काठमाडौं :  काठमाडौ महानगरपालिकाका मेयर बालेन साह र फिल्मकर्मीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान भएको भेटमा  कल्याणकारी कोष,मनोरञ्जन कर साथै डिजिटल बोर्ड  लगायतका विषयमा कुराकानी भएको थियो।छलफलमा मनोरञ्जन करमा २ प्रतिशत छुट, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सहयोग गर्न र कल्याणकारी कोषको रकम बृद्धि गर्नुपर्ने माग गरेको मेयर साहको सचिवालयले जनाएको छ।  छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत उपस्थित थिए। &n

बालेनले बाबुराम भेटे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका छन् । आज मेयर शाह भट्टराई भेट्न उनकै घरमा पुगेका थिए । उनले प्रधानमन्त्री पत्नी हिसिला यमी र छोरी मानुषीलाई पनि भेटेका हुन् । भेटमा काठमाडौंको विकासका विषयमा छलफल भएको भट्टराईले जनाएका छन् । शाहसँग सपरिवार भेट भएको […]

पूर्व कप्तान पारस र ज्ञानेन्द्रले भेटे मेयर बालेन

३१ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् । पूर्व कप्तानद्वय पारस र ज्ञानेन्द्र मल्ल लगायतले मंगलबार मेयर बालेनसँग भेट गर्दै काठमाडौंबाट ग्रासरुट देखि नै क्रिकेट खेलाडीको विकास गर्ने विषयमा छलफल गरेका थिए । ‘उहाँ खेलकुदमा रुची राख्ने हुनुहुन्छ । मेयर […]

फोहोर व्यवस्थापनबारे मेयर बालेन शाहले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मेयर शाहबीच बिहीबार भेटवार्ता भएको स्रोतले जानकारी दियो। उनीहरुबीच काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका लागि सरकारको पूर्ण साथ रहने बताएका थिए। साथै प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनको दीर्घकालीन […]

मेयर बालेन र उपमेयर सुनिताले भेटे मन्त्री झाँक्रीलाई

काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा उनीहरूलाई बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सहकार्य गर्न आफू तयार रहेको बताइन् ।  उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताइन् ।  "काठमाडौंको फोहोर व्यवस्थापन बन्चरेडाँडामा पुरानै किसिमले...

बालेनले भेटे प्रधानसेनापतिलाई

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् । सपथ लिएर पदभार ग्रहण गरेलगत्तै बालेन शर्मालाई भेट्न सैनिक मुख्यालयमा पुगेका थिए । भेटमा बालेनले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् । प्रधानसेनापति शर्माले भने मेयर बालेनलाई कार्यकालको सफलताको कामना गरेका छन् ।