काठमाडौं : काठमाडौ महानगरपालिकाका मेयर बालेन साह र फिल्मकर्मीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान भएको भेटमा कल्याणकारी कोष,मनोरञ्जन कर साथै डिजिटल बोर्ड लगायतका विषयमा कुराकानी भएको थियो।छलफलमा मनोरञ्जन करमा २ प्रतिशत छुट, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सहयोग गर्न र कल्याणकारी कोषको रकम बृद्धि गर्नुपर्ने माग गरेको मेयर साहको सचिवालयले जनाएको छ। छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत उपस्थित थिए। &n