काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सुकुम्बासीसँगको झडपमा घाइते भएका नगर प्रहरीलाई नर्भिक अस्पतालको आइसियूमा पुगेर भेटेका छन्। उनीहरू सोमबार साँझ अस्पतालमा पुगेका थिए।थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा भएको झडपमा घाइते भएर उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिन मेयर बालेन र उपमेयर डंगोल नर्भिक पुगेका थिए। साँझ करिब पौने ८ बजेतिर नर्भिक पुगेका बालेनले त्यहाँ उपचार गराइरहेका नगरप्रहरीको