धुलिखेल । दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँको मतपेटिका आइनपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । काभ्रे-२ को सबै मतपेटिका आइसके पनि काभ्रे-१ को डाँडापारी क्षेत्रको केही मतपेटिका आउन बाँकी छ । दिउँसो ३ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मोहनप्रसाद […]
जनकपुरधाम – मधेस प्रदेशको अधिकांश क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । धनुषामा चारवटा मध्ये तीनवटा क्षेत्रमा मतगणना सुरु भएको छैन । यस्तै सर्लाहीको चारवटै निर्वाचन क्षेत्र र सप्तरीको तीनवटा निर्वाचन क्षेत्रमा मतगणनाको काम सुरु नभएको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुले जनाएको छ । धनुषाको निर्वाचन क्षेत्र नं। ३ मा मतगणना सुरु भएको छ भने क्षेत्र […]
५ मंसिर, काठमाडौं । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अनलाइनखबरसँग भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला […]
मंगलबार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको थियो । विवाद मिलाएर मतगणना गर्ने भनिएपनि दुवै पक्षको आ-आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताए। नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहँदा कर्मचारीले नेपाली काँग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेकर्डमा चढाएपछि काँग्रेसले विरोध जनाएको थियो ।
गुल्मी : जिल्लाका चार स्थानीय तहमा अझै मतगणना सुरु हुन सकेको छैन। जिल्लाको इश्मा, मालिका, धुर्कोट र रुरुक्षेत्र गाउँपालिकामा मतगणना सुरु नभएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।धुर्कोट गाउँपालिका–४ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारलाई माओवादीका कार्यकर्ताले आक्रमण गरेपछि विवाद चुलिएको छ। कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार गोपाल थापासहित अन्य दुई जना घाइते भएका छन्। उनीहरूको उपचार गर्न भन्दै कांग्रेसको तर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार महेन्द्र भ
३१ वैशाख, काठमाडौं । शनिबार विहान ८ बजे सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना सुरु हुन नसकेको हो । मतगणनास्थलमा प्रमुख पार्टीका ६ जनासम्म प्रतिनिधि बस्न दिने निर्णय गरेको छ । सान दल र स्वतन्त्र उम्मेदवारले पनि प्रमुख दलकै […]
सुनसरीको इटहरीमा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । मतगणना भने कतिखेर गर्ने भन्ने कुनै टुंगो छैन । यसैबीच विराटनगर महानगरपालिकाको मतगणना भने अझै सुरु भएको छैन । ८ बजेदेखि सुरु गर्ने भनिएपनि राजनीतिक दलका प्रतिनिधिहरुको छनौटमा ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो ।
मोरङका ६ वटा पालिकामा अझै मत गणना सुरु हुन नसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङको ११ वटा पालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म सुरु हुन नसक्नेमा रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरी शनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिका रहेका छन् । यी सबै पालिकामा बेलुका मतपेटिका संकलनमा ढिलाई भएको कारण मतगणना केही ढिलो हुन गएको अधिकारीले बताए । ११ बजेसम्ममा सबै पालिकामा मतगणना सुरु भइसक्ने उनले बताए । हा