गुल्मीका चार स्थानीय तहमा मतगणना सुरु भएन, उम्मेदवारमाथि आक्रमण

गुल्मी : जिल्लाका चार स्थानीय तहमा अझै मतगणना सुरु हुन सकेको छैन। जिल्लाको इश्मा, मालिका, धुर्कोट र रुरुक्षेत्र गाउँपालिकामा मतगणना सुरु नभएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।धुर्कोट गाउँपालिका–४ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारलाई माओवादीका कार्यकर्ताले आक्रमण गरेपछि विवाद चुलिएको छ।  कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार गोपाल थापासहित अन्य दुई जना घाइते भएका छन्।  उनीहरूको उपचार गर्न भन्दै कांग्रेसको तर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार महेन्द्र भ

सम्बन्धित सामग्री

प्रदेश १ : उदयपुरको कटारीमा अझै मतगणना सुरु भएन

प्रदेश १ का १३३ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । अब ४ वटाको मत परिणाम आउन बाँकी छ । चारमध्ये उदयपुरको त्रियुगा नगरपालिकामा भने मतगणना कार्य नै सुरु हुन सकेको छैन । मतदानको समयदेखि नै विवाद सिर्जना भएपछि त्यहाँ मतगणना हुन नसकेको हो ।हालसम्म आएको निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसले प्रदेश १ का ६६ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४६ स्थानीय तह जितेको छ । माओवादीले १२ पालिकामा जित हासिल गरेको छ । काँग्रेसले ६६ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जित्