चितवन-२ मा मतगणना अझै सुरु भएन, उम्मेदवार लामिछानेको नागरिकतासम्बन्धी विवाद पहिले समाधान गर्न माग

काठमाडौं, ५ मंसिर । चितवन-२ मा मतगणना सुरु हुन समय लाग्ने भएको छ । सो क्षेत्रमा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे निर्वाचन आयोगमा परेको उजुरीको कारण मतगणना सुरु हुन ढिलाई भएको हो । स्रोतकाअनुसार लामिछानेको नागरिकतासम्बन्धी विवाद समाधान गरेर मात्रै मतगणना गर्नुपर्नेबारे एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले प्रस्ताव गरेका छन् । […]

सम्बन्धित सामग्री

अझै सुरु भएन बाजुरामा मतगणना

धनगढी- निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुन:गर्न बुधबार निणर्य गरेको भए पनि अझैसम्म सुरु हुन सकेकाे छैन। आयोगले मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बाेलाएको भए पनि नेकपा एमाले बाजुराले विमति जनाइरहेको छ। बिहीबार बिहान ७ बजे बस्ने गरी बैठक बोलाइएकाे थियाे। तर, एमाले भने सहभागी भएकाे थिएन। यता मुख्य […]

काभ्रेपलान्चोक २ मा अझै सुरु भएन मतगणना

काभ्रेपलान्चोक २ मा अझै  मतगणना  सुरु भएको छैन। यहाँ एमालेबाट गोकुल बास्कोटा र गठबन्धनबाट कांग्रेसका  शिव प्रसाद हुमागाईं उम्मेदवार छन् । बल्ल सर्वदलीय बैठकको तयारी छ । १ मा पनि गणना...

काभ्रेमा अझै सुरु भएन मतगणना

धुलिखेल । दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँको मतपेटिका आइनपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । काभ्रे-२ को सबै मतपेटिका आइसके पनि काभ्रे-१ को डाँडापारी क्षेत्रको केही मतपेटिका आउन बाँकी छ । दिउँसो ३ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मोहनप्रसाद […]

डडेल्धुराको मतगणना अझै सुरु भएन

५ मंसिर, काठमाडौं । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अनलाइनखबरसँग भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला […]

मधेश प्रदेशमा अझै सुरु भएन मतगणना

जनकपुर – मधेश प्रदेशका जिल्लामा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य सुरू हुन सकेको छैन । प्रदेशका आठवटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणना स्थलमा मतपेटिका सङ्कलन गर्ने र मतपेटिका रुजु गर्ने कार्य जारी रहेको तथा कतिपय ठाउँमा सर्वदलीय बैठकका कारण बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी भइरहेको छ । धनुषामा आजै रातिदेखि मतगणनाको […]

तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन

मंगलबार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको  थियो ।  विवाद मिलाएर मतगणना गर्ने भनिएपनि दुवै पक्षको आ-आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताए। नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहँदा कर्मचारीले नेपाली काँग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेकर्डमा चढाएपछि काँग्रेसले विरोध जनाएको थियो ।

अझै सुरु भएन पोखरा महानगरको मतगणना

पोखरा महानगरपालिकाको मतगणना अझै सुरु भएको छैन्। प्रतिनिधिको परिचय पत्र बनाउन भएको ढिलाइले मतगणना केही समय लाग्ने देखिएको छ।...

काठमाडौंमा अझै सुरु भएन मतगणना

३१ वैशाख, काठमाडौं । शनिबार विहान ८ बजे सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना सुरु हुन नसकेको हो । मतगणनास्थलमा प्रमुख पार्टीका ६ जनासम्म प्रतिनिधि बस्न दिने निर्णय गरेको छ । सान दल र स्वतन्त्र उम्मेदवारले पनि प्रमुख दलकै […]

धनुषा काँग्रेसको मतगणना अझै सुरु भएन

नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भए पनि अझै मतगणना सुरु हुन सकेको छैन । सबै पक्षसँगको बैठकबाट निर्धारण गरिएको मापदण्ड अनुरुप सहमति भएपश्चात मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।धनुषा काँग्रेसको निर्वाचनमा ३ हजार १७३ मतदाता छन् भने २ हजार ९१२ मत खसेको छ । २६१ मतदाता भने निर्वाचनमा सहभागी भएनन् । सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना राति नै सुरु हुने भनिए पनि विभिन्न आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ । मंगलबा