मोरङका ६ वटा पालिकामा अझै मत गणना सुरु हुन नसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङको ११ वटा पालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म सुरु हुन नसक्नेमा रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरी शनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिका रहेका छन् । यी सबै पालिकामा बेलुका मतपेटिका संकलनमा ढिलाई भएको कारण मतगणना केही ढिलो हुन गएको अधिकारीले बताए । ११ बजेसम्ममा सबै पालिकामा मतगणना सुरु भइसक्ने उनले बताए । हा