बेष्ट फाइनान्सको अवितरित हकप्रद शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनमा विक्री नभएको शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फको ५ लाख ५६ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारतर्फको ५८ हजार ४२९ दशमलव ९० कित्ता गरी कूल ६ लाख १५ हजार १०४ दशमलव ४७ कित्ता शेयर लिलामीमा विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयरमा आवेदकले फागुन १५ गते बैकिङ्ग समयसम्म बोलपत्र पेस गर्न सक्नेछन् । शेयर खरीद गर्न इच्छुक व्यक्ति,कम्पनी संस्थाहरुले न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्ने कम्पनीको भनाई छ । बोलपत्र पेस गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   

सम्बन्धित सामग्री

बेष्ट फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवार

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोलि सोमवारसम्म रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनमा विक्री नभएको शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी संस्थाहरूले भोलि सोमवार अर्थात् फागुन १५ गते बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले संस्थापकतर्फको ५ लाख ५६ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारतर्फको ५८ हजार ४२९ दशमलव ९० कित्ता गरी कुल ६ लाख १५ हजार १०४ दशमलव ४७ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्ने कम्पनीको भनाइ छ । बोलपत्र पेस गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

एचआईडिसीएलको अवितरित संस्थापक शेयर विक्री प्रकृया अझै अन्योलमा

चैत २, काठामाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को संस्थापक शेयर विक्री प्रकृया अझै अन्योलमा रहेको छ ।  नियमक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा विक्री खुलाकै क्रममा फागुन १३ गते रोकिएको विक्री प्रकृया अझै टुङ्गो नलागेको हो ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शत प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसेकेको ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको थियो ।  कम्पनीले फागुन १ गतेदेखि १५ गतेसम्म दोस्रो चरणमा विक्री खुला गरिएको यो शेयर केहि दुविधाका कारण रोक्न निर्देशन दिएको बार्डले बताएको छ ।  बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यस विषयमा कम्पनीको स्पष्टीकरण माग गर्दै नेपाल राष्ट्र बैंकमा यो विषयमा छलफल भएको जानकारी दिए ।  हाल राष्ट्र बैंकको नियमनमै रहने यस कम्पनीको अवितरित हकप्रद शेयर विक्री पछिको बाधा अड्चनका विषयमा राष्ट्र बैंकको समेत रायको प्रतिक्षामा रहेकाले विक्री प्रकृया ढिलाई भएको जानकारी गिरीले दिए ।  बैंकबाट हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएकाले पुनः विक्री गर्ने विषयमा बोर्डले निर्णय गरिनसकेको जानकारी उनले दिए । कम्पनीले न्यूनतम प्रतिकित्ता रू. १०० तोकेर संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  पहिलो चरणमा न्यूनतम एक करोड कित्ताको सीमाका कारण वितरण हुन नसकेको उक्त शेयर कम्पनीले नियमावली संशोधन नै गरेर न्यूनतम १०० कित्ताको सीमा तय गरेको छ । पहिलो चरणमा कम्पनीले न्यूनतम एक करोड कित्ताको सीमा राखी गत असोज ७ गतेदेखि १४ गतेसम्म यो शेयर लिलामीमा विक्री खुला गरेको थियो ।  कम्पनीले संस्थापकतर्फको उक्त शेयरसँगै सर्वसाधारणतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर विक्री खुला गर्दा सर्वसाधारण तर्फको शेयर भने विक्री भएको थियो ।  कम्पनी पनि बोर्डको निर्देशन कुरेर बसेको बताउँछ । विक्री खुलाकै क्रममा बोर्डको निर्देशमा स्थगित गरिएको संस्थापक शेयर विक्रीको प्रकृया अघि बढाउँन बोर्डकै निर्देशन कुरेर बसेको जानकारी कम्पनी सचिव जीवन बस्नेतले दिएका छन् ।  बोर्डले प्रष्ट पार्न निर्देशन दिएका दुई बुँदाहरु प्रष्टाईसकेको बताउँदै सचिव बस्नेतले कम्पनीको हितमा आवश्यक निर्णय बोर्डले गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

एचआईडीसीएलको संस्थापक शेयरको लिलामी विक्री स्थगित

फागुन १३, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) ले लिलामी शेयरको विक्री स्थगित गरेको छ ।  नेपाल धितोपत्र बोर्डको पत्र अनुसार अर्को सूचना जारी नभएसम्मका लागि लिलामी विक्री बन्द गरिएको कम्पनीले जानकारी गराएको छ ।  कम्पनीले फागुन १ गतेदेखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामी खुला गरेको थियो । यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हकप्रद शेयर निष्कासन गरेकोमा विक्री नभएको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।