एचआईडिसीएलको संस्थापक शेयर विक्री प्रक्रिया हाललाई स्थगित, प्राप्त बोलपत्र फिर्ता गरिने

चैत ४, काठामाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को संस्थापक शेयर विक्री प्रक्रिया हाललाई स्थगित भएको छ ।  कम्पनीले नियमक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा विक्रीकै क्रममा ३ करोड ३० लाख कित्ता अवितरित संस्थापकतर्फको हकप्रद शेयर रोक्का गरेको थियो ।  बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि विक्री प्रक्रिया स्थगित गर्न पुनः निर्देशन दिएसँगै स्थगित गरिएको जानकारी कम्पनी सचिव जीवन बस्नेतले दिएका छन् ।  कम्पनीले फागुन १ गतेदेखि १५ गतेसम्म दोस्रो चरणमा विक्री खुला गरिएको यो शेयरको विक्री प्रकृया फागुन १३ गतेदेखि रोक्का गरिएको थियो । यसर्थ फागुन १३ गतेसम्म प्राप्त गोप्य शिलबन्दी बोलपत्र फिर्ता गरिने जानकारी समेत सचिव बस्नेतले दिएका हुन् ।  यसका लागि सम्बन्धित बोलपत्रवालाहरुले कम्पनीले तोकेको ढाचामा निवेदन दिनुपर्ने सचिव बस्नेतको भनाइ छ । उनका अनुसार सक्कलै शिलबन्दी बोलपत्र फिर्ता गरिनेछ ।  बैंक भौचर आईपीएसमार्फत जम्मा गरेका बोलपत्रवालाहरुको हकमा रकम फिर्ताका लागि कम्पनीले तोकेको ढाँचामा आईपीएसको सक्कल बैंक भौचर स्टेटमेन्टमा राखि निवेदन दिनु पर्नेछ ।  बोलपत्रदाताहरुले निवेदनका साथमा बोलपत्र दर्ता गर्दा विक्री प्रबन्धक तथा संकलन केन्द्रले दिएको सक्कलै दर्ता रसिद, खोलिएको शिलबन्दी बोलपत्र, नागरिकता वा आफ्नो परिचय खुल्ने आधिकारिक कागजातको प्रतिलिपि समेत पेश गर्नुपर्ने कम्पनीको भनाइ छ ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसेकेको उक्त शेयर विक्री खुला गरेको हो । यो शेयरको मूल्य न्यूनतम प्रतिकित्ता रू. १०० तोकिएको थियो ।  कम्पनीले पहिलो चरणमा न्यूनतम एक करोड कित्ताको सीमाका कारण वितरण हुन नसकेको उक्त शेयर कम्पनीले नियमावली संशोधननै गरेर न्यूनतम १०० कित्ताको सीमा तय गरिएको हो ।  पहिलो चरणमा कम्पनीले न्यूनतम एक करोड कित्ताको सीमा राखी गत असोज ७ गतेदेखि १४ गतेसम्म यो शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले संस्थापकतर्फको उक्त शेयरसँगै सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर विक्री खुला गर्दा सर्वसाधारणतर्फको शेयर भने विक्री भएको थियो ।  हाल राष्ट्र बैंकको नियमनमा रहेको यस कम्पनीको यो शेयर विक्रीका लागि आगामी दिनमा कुनै निकास राष्ट्र बैंकले निकाल्ने विश्वास कम्पनीले गरेको छ । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकको १ करोड १२ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १ करोड १२ लाख ३५ हजार ४९२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले कुल कित्ता शेयरमध्ये १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि र ३ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्रीमा आएको ३ हजार कित्ता शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाइनेछ । सर्वसाधारणमा जारी भएको शेयर विक्रीका लागि यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गरिएको थियो । सो समयमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको हो । सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेस गर्नुपर्ने छ । आवेदन विक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको सुन्धारा स्थित कार्यालयमा पेस गर्नुपर्नेछ ।

सानिमा बैंक र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेड र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सानिमा बैंकले ६७ हजार संस्थापक शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हाे । बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ । बैंकको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. १५१ छ भने सर्वसाधारण तर्फको शेयर मूल्य प्रतिकित्ता रू. २५९ दशमलव ९० छ । त्यस्तै, सूर्योदय वोमी लघुवित्तको ९७ हजार २९२ कित्ता संस्थापक शेयर पनि विक्रीमा आएको छ ।  लघुवित्तले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय, ललितपुरमा आवेदन पेस गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. ४४७ छ । सर्वसाधारणतर्फको शेयर मूल्य भने प्रतिकित्ता रू. ७६० कायम भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले जारी गरेको सूचनामा शेयरको मूल्य भने उल्लेख गरिएको छैन । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

गरिमा विकास बैंकको ३ लाख ८२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । गरिमा विकास बैंकको ३ लाख ८२ हजार ८९२ दशमलव ७७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा आएको हो । उल्लिखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र (असार ३०) गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । शेयरको मूल्य उल्लेख नगरिएकाले खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले के कति कित्ता कति मूल्यमा खरीद गर्ने सोसमेत खुलाई आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारीसमेत कम्पनीले दिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

तीन कम्पनीको संस्थापक शेयर विक्रीमा, कुन-कुन कम्पनी ?

काठमाडौं । तीन कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । ग्लोबल आइएमई बैंक, एक्सेल डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।  ग्लोबल आइएमई बैंकले ५ लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता रू. १३५ का दरले विक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले  आजको मितिले ३५ दिनभित्र रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।  त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार ७१८ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो । उक्त शेयर खरीद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय बिर्तामोड झापामा बोलपत्र पेश गर्न सक्नेछन् ।  महालक्ष्मी विकास बैंकले १ लाख ८५ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीले आजको मितीले ३५  दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय  दरबारमार्ग, काठमाडौंमा निवेदन दिन सक्नेछन् । यी तीन ओटै कम्पनीकले तोकिएको अवधिमा संस्थापक शेयरधनीहरूको निवेदन प्राप्त नभएमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई शेयर खरीद प्रक्रिया अगाडि बढाउने जानकारी गराएका छन् ।

८६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापकतर्फको ८६ हजार ३३३ कित्ता संस्थापक शेयर चैत २ गतेदेखि विक्रीमा ल्याएको छ ।कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।  यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री प्रक्रिया अघि बढाइने पनि कम्पनीले बताएको छ ।

गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा

जेठ १२, काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले बिहीवार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन गरेको मितिले ३५ दिनभित्र अर्थात् असार १५ गतेसम्म कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवश्यक कागजसहित निवेदन दिन भनेको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयरमध्ये केही कित्ता शेयर विक्री गर्ने व्यवस्था मिलाउन बैंकमा निवेदन दिएका थिए । सोही अनुसार कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर विक्री प्रक्रिया अगाडि बढाएको हो ।  उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा नियमअनुसार अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

सांग्रिला डेभलपमेण्ट बैंकको १० हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

पुस २०, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १० हजार ५०० कित्ता संस्थापक शेयर पुस २० गते मंगलवारदेखि विक्रीमा ल्याएको छ । बैंकले कुमार मल्लको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने बैंकको भनाइ छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय बाुलुवाटार, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।  विद्यमान शेयरधनीहरुबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा भने अन्य व्य्क्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी बैंकले दिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बढाबढ रद्द

असोज २४, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर लिलाम बढाबढ रद्द भएको छ । बैंकले आइतवार एक सूचना जारी गर्दै कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्न सूचना प्रकाशित गरिएको शेयर विक्री प्रक्रिया प्राविधिक कारणबस रद्द गरिएकोे जानकारी गराएको हो । उक्त शेयर खरीदको लागि प्राप्त आवेदन बापतको रकम आज (आइतवार) देखि सम्बन्धित आवेदकले आवेदन फारममा उल्लेख भएको बैंक खातामा सोझै जम्मा हुने गरी फिर्ता भुक्तानी व्यवस्था मिलाएको कम्पनीले जानकारी गराएको छ ।

सानिमा बैंकको १२ हजार ७५१ कित्ता संस्थापक शेयर विक्रीमा

असोज १२, काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी धर्मकला थपलियाको नाममा रहेको १२ हजार ७५१ कित्ता संस्थापक शेयर (आव २०७७/७८ को प्राप्त हुने लाभांश समेत) विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य तोकिएको छैन ।  उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले खरीद गर्ने शेयर कित्ता खुलाइ निवेदन दिन अनुरोध गरेको छ ।  उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

नेरुडे लघुवित्तको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

असार ३०, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।  कम्पनीले प्रतिकित्ता रू. ४०० मूल्य तोकेर आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी यो शेयर लिलामीमा ल्याएको हो ।  तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा खुल्ला बजार मार्फत विक्री प्रक्रिया अघि बढाउने पनि कम्पनीले बताएको छ । शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीहरुले रितपूर्वक सञ्चालक समिति समक्ष निवेदन दिनुपर्नेछ ।