काठमाडौं, २५ भदौ । क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै कारोबार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै कारोबार गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो । पछिल्लो दिनमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुने प्रोत्साहन गर्ने गराउने समेत […]