राष्ट्र बैंकको अनुमति विपरित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी घर भएका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् ।राष्ट्र बैंकले जारी गरेको निर्देशन बिपरित उनीहरुले विभिन्न व्यक्तिहरुलाई डिजिटल माध्यमबाट लगानी गर्न लगाउने गरेको अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।डिजीटल मुद्रा कारोबारको मुख्य खाता सञ्चालक विदेशी न