आईपीएलमा आरसीबीको दोस्रो हार, कोलकाता दोस्रो स्थानमा

१७ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी)ले दोस्रो हार व्यहोरेको छ । कोलकाता नाइट राइडर्स (केकेआर)ले शनिबार राति भएको खेलमा आरसीबीलाई उसैको मैदानमा ७ विकेटले पराजित गरेको हो । बेंग्लोरले दिएको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेट गुमाएर १६.५ ओभरमै भेटायो । कोलकाताका वेन्कतेश ऐयरले सर्वाधिक ५०,  सुनिल […]

सम्बन्धित सामग्री

कोलकाता आईपीएलको फाइनलमा, हैदराबादको लज्जास्पद हार

कोलकाता नाइट राइडर्स भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको फाइनलमा पुगेको छ ।

चेन्नईसँग कोलकाताको पहिलो हार

लयमा देखिएको कोलकाता नाइटराइडर्सले आईपीएल-२०२४ मा सोमबार पहिलो हार बेहोरेको छ । उसलाई डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले सात विकेटले हराएको छ ।

आइपीएलमा आज पञ्जाव र गुजरातबिच प्रतिस्पर्धा

इण्डियन प्रिमियर लिग (आइपीएल)मा बिहीवार पञ्जाव किङ्ग्स र गुजरात टाइटान्स भिड्दै छन्। पञ्जाव शिखर धवन र गुजरात हार्दिक पाण्ड्याको कप्तानीमा मोहालीस्थित बिन्द्रा स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्। तीन खेल खेलेको पञ्जावले दुईमा जित निकालेको छ भने एक खेलमा हार व्यहोर्दै अंकतालिकाको छैटौँ स्थानमा छ। पञ्जावले पहिलो खेलमा कोलकाता र…

कोलकातासँग मुम्बईको लज्जास्पद हार

काठमाडौं : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गरेको छ। पाँच पटकको विजेता मुम्बईले यो सिजनमा खराब प्रदर्शन गरिरहेको छ। डिवाइ पाट्ली स्पोर्टस् एकेडेमी मुम्बइमा कोलकाताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली मुम्बइ १७ दशमलब ३ ओभरमा १ सय १३ रनमै समेटियो। उसका लागिइशन किसानले सर्वाधिक ५१ रनको योगदान गरे। केइरोन पोलार्डले १५, टिम डेभिडले १३ र रामदीप सिंहले १२ रन जोड्नुबाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

कोलकातासँग मुम्बईको हार

एजेन्सी – यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार पनि हार बेहोरेको छ । कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ । १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १७.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा सिमित भएको थियो । टोलीका लागि इशान किशनले अर्धशतकिय […]

दिल्लीद्वारा कोलकाता ४ विकेटले पराजित

आईपीएल २०२२ को ४१ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीलाई १४७ रनको लक्ष्य दिइएको थियो, जुन टोलीले १८ औं ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । डेभिड वार्नरले सर्वाधिक ४२ रन बनाए भने डिसीको जित सुनिश्चित गर्न रोभम्यान पावेलले १६ बलमा अविजित ३३ रन बनाए । कोलकाताका लागि उमेश यादवले ३ विकेट लिए ।दिल्लीको ८ खेलमा यो चौथो जित हो। टोलीले ४ खेलमा पनि हार बेहोरेको छ । उता केकेआरको ९ खेलमा यो छैटौं हार हो । टोलीले पछिल्ला खेलमा लगातार हार बेहोरेको छ । टोली

रसेलको सानदार प्रदर्शनका बाबजुद कोलकाता पराजित

एजेन्सी – आन्द्रे रसेलले विष्फोटक ब्याटिङ र एकै ओभरमा चार विकेट लिएपनि कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ मा गुजरात टाइटन्ससँग ८ रनले पराजित भएको छ । यो जितसँगै हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात ७ खेलमा ६ मा जित र १ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको […]

पूर्वकप्तान ऐरको टोलीविरुद्ध खेल्दै दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत आज पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । कोलकाता ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । दिल्ली ३ खेलमा २ मा हार र १ मा […]

आईपीएलमा मुम्बईकाे लगातार तेस्राे हार, कोलकाता शीर्ष स्थानमा

मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै काेलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

आईपीएल क्रिकेट : काेलकाता र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे पुनेमा हुनेछ । कोलकाता आज तेस्रो जितको खोजीमा हुनेछ । कोलकाता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । कोलकाता तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकाता शीर्ष स्थानमा पुग्नेछ । मुम्बई भने आज पहिलो जितको खोजीमा हुनेछ । अहिलेसम्म दुई खेल खेलेको मुम्बईले दुवैमा हार बेहोरेको छ । मुम्बई अङ्क तालिकाको आठौँ स्थानमा छ ।