काठमाडौं : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गरेको छ। पाँच पटकको विजेता मुम्बईले यो सिजनमा खराब प्रदर्शन गरिरहेको छ। डिवाइ पाट्ली स्पोर्टस् एकेडेमी मुम्बइमा कोलकाताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली मुम्बइ १७ दशमलब ३ ओभरमा १ सय १३ रनमै समेटियो। उसका लागिइशन किसानले सर्वाधिक ५१ रनको योगदान गरे। केइरोन पोलार्डले १५, टिम डेभिडले १३ र रामदीप सिंहले १२ रन जोड्नुबाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।