सरकारी उदासीनताले अन्योलमा ढुंगा, गिट्टी, बालुवा निर्यात

काठमाडौं । सरकारले पर्यावरणमा असर नपर्ने गरी प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने कुरा बारम्बार दोहोर्‍याई रहे पनि ढुंगा, गिट्टी, बालुवा निर्यात बारेको अन्योल कायमै छ । व्यापारघाटा कम गर्ने तथा राजस्वमा योगदान दिई देश विकासमा सहयोगी बन्ने यी स्रोतको निर्यातबारे उचित निर्णय लिन नसक्दा उपयोगको फाइदाबाट राज्य वञ्चित छ ।  नेपालको पूर्व–पश्चिम फैलिएको महाभारत शृंखलामा प्रचुर मात्रामा चट्टान रहेको विज्ञहरू बताउँछन् । यसबाट पर्याप्त मात्रामा ढुंगा, गिट्टी उत्पादन गर्न सकिने सम्भावना छ । खानी तथा भूगर्भ विभागका अनुसार अहिलेसम्म १४ जिल्लामा ९२ ओटा ढुंगाखानी मार्किङ गरिसकिएको छ । अन्य ठाउँमा खानी पत्ता लगाउने काम चलिरहेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।  ‘महाभारत शृंखलामा पूर्वदेखि पश्चिमसम्मै ढुंगाखानी छन् । विभागले खानी पहिचान गर्ने काम निरन्तर गरिरहेको छ,’ उनले भने, ‘महाभारत क्षेत्रबाहेक चुरे एवं खोला र नदीबाट पनि व्यवस्थित तरीकाले ढुंगा, गिट्टी, बालुवा संकलन गर्न सकिन्छ ।’ सूचना अधिकारी बाँस्कोटाका अनुसार पहिचान भएका खानीबाट ५०० घनमीटर प्रतिदिनका दरले ढुंगा निकाल्न सकिन्छ । उत्पादन लागत खासै पर्दैन । स्थानीय तहले प्रतिघनमीटर २५ रुपैयाँका दरले राजस्व लिने गरेका छन् । ‘भारतको जुन क्षेत्रमा निकासी गर्ने हो, त्यही नजिकको खानीबाट उत्पादन गर्दा ढुवानी खर्च पनि धेरै लाग्दैन,’ उनले भने । यसरी निर्यात हुने ढुंगा, गिट्टी, बालुवाबाट राज्यले राम्रो राजस्व संकलन गर्न सक्ने बताउँदै सूचना अधिकारी बास्कोटाले अहिले भारतको उत्तर प्रदेश र विहारमा पर्याप्त निर्माण कार्य भइरहेकाले त्यहाँ माग धेरै रहेको जानकारी दिए । उनले समय सधैं एउटै कायम नरहने भएकाले बेलैमा विचार नपुर्‍याए पछुताउनुपर्ने अवस्था आउन सक्ने धारणा राखे ।  विगत केही वर्षदेखि चुरेक्षेत्रको पर्यावरणलाई असर गरेको भन्दै नेपालबाट गिट्टी, बालुवा निकासीमा प्रतिबन्ध लगाइएको छ । आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ढुंगा, गिट्टी, बालुवा भारत निर्यात गरेर व्यापारघाटा कम गर्ने बताए पनि देशभित्रको व्यापक विरोध र सर्वोच्च अदालतले समेत रोक लगाउँदा प्रक्रिया अगाडि बढ्न सकेन ।  पर्यावरणवादी र चुरे संरक्षण अभियन्ताहरूले वातावरण विनाश र प्राकृतिक स्रोतको दोहन हुने भन्दै ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारी कदमको विरोध गरेका थिए । यसै सम्बन्धमा परेको रिटमा सुनवाइ गर्दै सर्वोच्च अदालतले पनि ‘प्राकृतिक स्रोतको दोहन गरी ढुंगा, गिट्टी, बालुवा आदि निकासी गर्ने सम्बन्धमा संविधानको भावना र मर्मअनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानूनले अन्यथा व्यवस्था नगरेसम्म त्यसअनुसारको निकासी गर्ने गराउने कार्य नगर्नू/नगराउनू’ भन्ने आदेश जारी गर्‍यो ।  आव २०७९/८० को बजेट वक्तव्यमा अर्थमन्त्री जनार्दन शर्माले खानी विभागले पहिचान गरेका सम्भाव्य स्थानबाट वातावरणीय मूल्यांकनका आधारमा ढुंगा र चट्टानको उत्खनन तथा प्रशोधन गरी निर्यात गर्ने भने पनि कार्यान्वयन हुन सकेको छैन । सर्वोच्च अदालतको फैसलाअनुरूपको कानून नबन्दा उक्त योजना कार्यान्वयनमा आउन नसकेको देखिन्छ । आगामी आवको बजेट आउने मिति नजिकिँदै गर्दा पनि ढुंगा, गिट्टी, बालुवाको उत्खनन र निकासी सम्बन्धमा कुनै कानूनी व्यवस्था हुन सकेको छैन । वाणिज्य विज्ञ एवं पूर्वसचिव चन्द्र घिमिरे राज्यलाई फाइदा हुने विषयमा समेत कानून नबन्नुमा नीति निर्माताहरूमा तदारुकताको अभाव र उदासीनता जिम्मेवार रहेको बताउँछन् । ‘सरकार सञ्चालकहरूमा क्रियाशीलताको अभाव देखिन्छ । त्यही कारण कानून निमार्णमा ढिलाइ भइरहेको हो । ढुंगा, गिट्टी, बालुवा भारत र बगंलादेश निर्यात गरेर राम्रो फाइदा लिन सकिने खानी तथा भूगर्भ विभागको अध्ययनले देखाएको छ । त्यसै गर्नुपर्छ,’ उनले भने । आफूसँग भएको वस्तुको व्यापार विस्तार गरे मात्रै समृद्धिको बाटोमा अग्रसर हुन सकिने पूर्वसचिव घिमिरेको भनाइ छ । 

सम्बन्धित सामग्री

अवैधरुपमा बालुवा उत्खनन

बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ । दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो ।महाकालीबाट अवैधरूपमा बालुवा ल्याउँदै गरेको ट्र्याक्टर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको […]

अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।२४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिक

बालुवा खानीमा पुरिएर जुम्लामा दुई महिलाको ज्यान गयाे

जुम्ला – जुम्लाको तिला गाउँपालिका ९ मा रहेकाे बालुवा खानीमा पुरिएर दुई महिलाको ज्यान गएकाे छ । धाराखाेलामा रहेकाे बालुवा खानीमा पुरिँदा त्यही वडा बस्ने १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावतकाे ज्यान गएकाे हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार आज शुक्रवार बिहान ७ बजे बालुवा सङ्कलनका लागि उनीहरू बालुवा खानी पसेका थिए । बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै ज्यान गएकाे हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट झन्डै ३५ कोष टाढा छ । याे घटनाको खबर प्राप्त भएलगत्तै रारामा रह...

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि  बालुवा खानी पसेका थिए। बालुवा सोर्दै गर्दा खानी भत्किएर परेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ ।उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित  प्रहरी

जुम्लामा बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु

शुक्रबार विहान ७ बजे बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्किँदा पुरिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय धनबहादुर रावतले जानकारी दिए।...

यो टापुको बालुवा लान खोज्यो कि जेल

बालुवा जहाँ पायो त्यहीं ठूलो परिमाणमा निकाल्न अनुमति हुँदैन । तर, एउटा यस्तो शहर छ जहाँ एक मुठ्ठी बालुवा मात्र लान खोज्दा जेल हालिन्छ । त्यो टापु इटालीको सार्डिनिया हो जहाँ सेतो बालुवा पाइन्छ । बालुवा राम्रो लागेर लान खोज्दा फ्रान्सेली दम्पतीलाई समस्यामा पार्यो । सार्डिनियाको समुद्री किनारबाट बालुवा लिदा इटालियन दम्पत्तिले छ वर्ष जेल […]

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो।...

बालुवा, गिट्टीको उत्खनन : श्रीलंका मोडल चाहिन्छ

बालुवा, गिट्टीको उत्खनन संसारको सबैभन्दा ठूलो उत्खनन हो । संसारमा कुल उत्खननको ८५ प्रतिशत हिस्सा गिट्टी, बालुवाको छ । बढ्दो शहरीकरण र ठूलो संख्यामा भइरहेको निर्माणजन्य कार्यले बालुवा, गिट्टीको माग बढ्दैछ । एक अध्ययन अनुसार विश्वभरि वार्षिक ३२ अर्ब टन बालुवा र ५० अर्ब टन गिट्टीको उत्खनन हुन्छ । खोला, नदीहरू नै यो उत्खननको मुख्य […]

ढुंगा, बालुवा र गिट्टी

अब सारा हरियो परियो मासेर नाङ्गिएर बाँकी रहेको  ढुंगा, बालुवा र गिट्टी पनि  बढार-कुँडार गरी रित्याउन थालेपछि देशको इकोसिस्टम नै खलबलिएर आउनेछ भयानक प्राकृतिक प्रकोप

खेल मैदानबाट अवैध रूपमा बालुवा उत्खनन

चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेक्दार कम्पनीले मापदण्डविपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ ।चाँगुनारायण नगरपालिका–४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्डविपरीत बालुवा उत्खनन गरेको हो । ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौताविपरीत जमिनको लेबलभन्दा करिब २५÷३० फिट तल गएर बालुवा उत्खनन गरेको हो । करिब ९३ रोपनी क्षेत्रफलमा […]