काठमाडौँ । सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ […]