नेपाल सरकारले दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने भएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीले पाउने मासिक पाँच हजार गाउँपालिकाले उपलब्ध गराउने भएको गाउँपालिकाले जनाएको छ । सेवा लिन वडा कार्यालयबाट प्रकृया पूरा गरी गाउँपालिकामा सूचीकृत हुनसमेत आग्रह गरिएको छ ।गाउँपालिकाले दीर्घरोगीहरूलाई पाँच हजारदेखि २५ हजार […]