मुलुकको स्वास्थ्य सुविधा आम जनतामा सुलभ तरिकाले प्रवाह गर्न राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले नेकपा (एमाले)लाई २१ बुँदे सुझाव पेश गरेको छ । महासङ्घलले आगामी निर्वाचनमा स्वास्थ्य क्षेत्रमा पार्टीले लिनुपर्ने नीति तथा कार्यक्रममा समेट्नका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराई र राष्ट्रिय …