नेपाल खुला विश्वविद्यालयका सह–प्राध्यापक डा.खगेन्द्र प्रसाईले विश्व भूराजनीतिमा नेपालले संवेदनशील रूपमा पाइला चाल्नुपर्नेमा जोड दिएका छन् । मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा ‘विश्व भूराजनीति र नेपालले लिनुपर्ने बाटो’ विषय भर्चुअल डिस्कोर्समा सहजीकरण गर्दै डा.प्रसाईले भूगोलले मात्र विश्व राजनीतिमा ठूलो अर्थ नराख्ने तर त्यहाँ रहेका प्राकृतिक सम्पदा र आर्थिक सम्भावना नै भूराजनीतिको निर्णायक पक्ष भएकोमा जोड दिँदै नेपाल प्राकृतिक र सामरिक दुवै दृष्टिले संवेदनशील ठाउँमा रहेको प्रष