निहारिका राजपुत भनिने सोनाली कुमारी सिंहबाट जन्म भएको बालकसँग डीएनए टेष्ट गराउन आरोपित शिवराज श्रेष्ठ काठमाडौँ आइपुगेका छन् । आइतबार धनुषाबाट काठमाडौं आई श्रेष्ठले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिएका हुन् । आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अदालतले जबरजस्ती करणी होइन भन्ने फैसला गरेको थियो । फैसलामा राजीखुशीमै यौनसम्बन्ध स्थापित भएको देखि