काठमाण्डाै - उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।
हिजो बुधवार न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । निहारिकाले आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षणको मागसहित काठमाण्डौमा अनशन बस्दै आउनुभएको थियो ।
गएको माघमा जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दाेष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो ।
काठमाण्डौमा अनशनकै क्रममा निहारिकाले राष्ट्रप...