निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

१८ कात्तिक, काठमाडौं । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले अनलाइनखबरलाई बताए । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो । […]

सम्बन्धित सामग्री

निहारिका प्रकरण : ‘डीएनए म्याच’ भएपछि अब कसरी बढ्ला मुद्दा ?

सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुत प्रकरणसँग जोडिएका आरोपित शिवराज श्रेष्ठ र निहारिकाबाट जायजन्म भएको नाबालकको डीएनए म्याचिङ भएको उच्च अदालत जनकपुरले बताएपछि अब शिवराजले ‘बलात्कार’ गरेको ठहर हुन्छ या हुँदैन भन्नेबारे आ–आफ्नै अड्कलबाजी सुरु भएको छ ।उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा अदालतकै आदेशबाट निहारिकाबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए स्याम्पल लिएर टेष्ट गराइएको थियो । राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटारमा भएको डीएनए टेष्टमा आरोपित शिवरा

काठमाडौँ आएर शिवराज श्रेष्ठले दिए डीएनए टेष्टका लागि नमुना (तस्बिरहरु)

निहारिका राजपुत भनिने सोनाली कुमारी सिंहबाट जन्म भएको बालकसँग डीएनए टेष्ट गराउन आरोपित शिवराज श्रेष्ठ काठमाडौँ आइपुगेका छन् । आइतबार धनुषाबाट काठमाडौं आई श्रेष्ठले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिएका हुन् । आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अदालतले जबरजस्ती करणी होइन भन्ने फैसला गरेको थियो । फैसलामा राजीखुशीमै यौनसम्बन्ध स्थापित भएको देखि

निहारिका प्रकरण : डीएनए टेस्टका लागि अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

जनकपुरधाम । कुमारी आमा निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । केहि दिन अगाडि उच्च अदालतले निहारिकाले जन्माएकी बच्चा र बलात्कार आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो । डीएनए परीक्षणकै लागि श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएको बुझिएको छ । उच्च अदालत जनकपुरकी सूचना अधिकारी नूतन झाले श्रेष्ठ […]

अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहबाट जायजन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन् । यसअघि उच्च अदालत जनकपुरले निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेकी थिइन् । निहारिकाको माग बमोजिम अदालतले दुवैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो । निहारिकाले आफूमाथि

निहारिका प्रकरण : शिवराज श्रेष्ठ र बच्चाको डीएनए परीक्षण गर्न अदालतकाे आदेश

उच्च अदालत जनकपुरले सोनाली उर्फ निहारिका राजपुत प्रकरणमा शिवराज श्रेष्ठ र पीडित बच्चाको डिएनए टेस्ट गर्न  आदेश दिएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयूक्त इजलासले यस्तो आदेश दिएको हो ।निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्

निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

काठमाण्डाै – निहारिका राजपुत अर्थात् सोनाली कुमारी सिंह प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई धनुषाबाट हिजो बेलुका पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभएको छ । महोत्तरीकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आउनुभएको छ । राजपुतले डीएनए जाँचको मुख्य माग राख्नुभएको छ । यसअघि बलात्कारको आरोपमा धनुषा जिल्ला अदालतले युवकलाई सफाइ दिएको भन्दै ...

निहारिका प्रकरण : बलात्कार आरोपित श्रेष्ठ पक्राउ

काठमाडौँ। निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। कुन अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको हो त्यो भने खुलाएको छैन । यद्यपि निहारिका राजपुतले डीएनए टेष्टको माग गरेको कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले […]