निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो

काठमाडौं– ‘कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ ।  डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय […]

सम्बन्धित सामग्री

निहारिका प्रकरण : ‘डीएनए म्याच’ भएपछि अब कसरी बढ्ला मुद्दा ?

सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुत प्रकरणसँग जोडिएका आरोपित शिवराज श्रेष्ठ र निहारिकाबाट जायजन्म भएको नाबालकको डीएनए म्याचिङ भएको उच्च अदालत जनकपुरले बताएपछि अब शिवराजले ‘बलात्कार’ गरेको ठहर हुन्छ या हुँदैन भन्नेबारे आ–आफ्नै अड्कलबाजी सुरु भएको छ ।उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा अदालतकै आदेशबाट निहारिकाबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए स्याम्पल लिएर टेष्ट गराइएको थियो । राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटारमा भएको डीएनए टेष्टमा आरोपित शिवरा

काठमाडौँ आएर शिवराज श्रेष्ठले दिए डीएनए टेष्टका लागि नमुना (तस्बिरहरु)

निहारिका राजपुत भनिने सोनाली कुमारी सिंहबाट जन्म भएको बालकसँग डीएनए टेष्ट गराउन आरोपित शिवराज श्रेष्ठ काठमाडौँ आइपुगेका छन् । आइतबार धनुषाबाट काठमाडौं आई श्रेष्ठले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिएका हुन् । आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अदालतले जबरजस्ती करणी होइन भन्ने फैसला गरेको थियो । फैसलामा राजीखुशीमै यौनसम्बन्ध स्थापित भएको देखि

अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहबाट जायजन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन् । यसअघि उच्च अदालत जनकपुरले निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेकी थिइन् । निहारिकाको माग बमोजिम अदालतले दुवैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो । निहारिकाले आफूमाथि

निहारिका प्रकरण : शिवराज श्रेष्ठ र बच्चाको डीएनए परीक्षण गर्न अदालतकाे आदेश

उच्च अदालत जनकपुरले सोनाली उर्फ निहारिका राजपुत प्रकरणमा शिवराज श्रेष्ठ र पीडित बच्चाको डिएनए टेस्ट गर्न  आदेश दिएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयूक्त इजलासले यस्तो आदेश दिएको हो ।निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्

किन पक्राउ परे शिवराज श्रेष्ठ ? के हो अभद्र व्यवहारको मुद्दा ?

निहारिका राजपुत प्रकरणका आरोपित युवक शिवराज श्रेष्ठलाई मंगलबार साँझ धनुषा प्रहरीले पक्राउ गर्यो । प्रहरीले श्रेष्ठलाई पक्राउ गर्नुको कारण खुलाएको छैन, यद्यपि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि सोही कसुरमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । श्रेष्ठले के कस्तो अभद्र व्यवहार गरेका कारण प्रहरीले पक्राउ गरेको हो, खुलाएको छैन । यद्यपि प्रहरीले श्रेष्ठमाथि अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाबाट बुधबार ५ दिनको म्याद लिएर ‘अनुसन्धान’ गरिरहेको बताएको छ ।&nbs

निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

काठमाण्डाै – निहारिका राजपुत अर्थात् सोनाली कुमारी सिंह प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई धनुषाबाट हिजो बेलुका पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभएको छ । महोत्तरीकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आउनुभएको छ । राजपुतले डीएनए जाँचको मुख्य माग राख्नुभएको छ । यसअघि बलात्कारको आरोपमा धनुषा जिल्ला अदालतले युवकलाई सफाइ दिएको भन्दै ...

निहारिका प्रकरण : आरोपित श्रेष्ठ जनकपुरबाट पक्राउ

काठमाडौँ– निहारिका राजपुत बलात्कारका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले धनुषाको जनकपुरबाट मंगलबार साँझा पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । न्याय खोज्दै आमरण अनशन गरिरहेकी महोत्तरीको जलेश्वर नगरपालिका– ९ की सोनालीकुमारी सिंह ‘निहारिका’लाई हिजो मात्रै कानुनमन्त्री गोविन्द बन्दीले भेटी आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउँदै अनशन […]

निहारिका बलात्कारका आरोपित जनकपुरबाट पक्राउ

निहारिका राजपुत बलात्कारका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।  श्रेष्ठलाई प्रहरीले धनुषाको जनकपुरबाट भर्खरै पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।  न्याय खोज्दै आमरण अनशन...

निहारिका प्रकरण : आरोपित शिवराज श्रेष्ठ पक्राउ

३१ साउन, काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग […]