नेपालमा बेवारिसे लाखौँ कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ । काठमाडौँ उपत्यकाका सडकमा मात्रै १ लाख बेवारिसे कुकुर छन् । ती सबै कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुख्य सहरी क्षेत्र र ग्रामीण क्षेत्रबाट शहरउन्मुख ठाउँमा रेबिज रोगको चुनौती झन् थपिदै गएको छ । रेबिज रोग, रेबिज ग्रस्त कुनै पनि स्तनधारी प्राणीबाट मानिसमा सर्छ । रेबिज भाइरसबाट प्राणघातक रोग लाग्ने चिकित्सकहरूको भनाइ छ । यो रोग बौलाहा जनावरले टोक्दा लाग्ने रोग हो