काठमाण्डाै - दक्षिण अफ्रिकाले इङ्ल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । दक्षिण अफ्रिकाले तीन खेलको शृङ्खला २–० ले जितेको हो ।
इङ्ल्यान्डले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४९ ओभर १ बलमा ५ विकेट गुमाएर ३ सय ४७ रन बनायो । उसका लागि कप्तान टिम्बा बमुभाले १०९ रन बनाउँदै शतकीय पारी खेले । यस्तै, डेबिड मिलरले ५८, एडम माकरमले ४९, रसी भान डार डुसनले ३८, मार्को यानसेनले ३२, क्विटन डि कक ३१ र हेन्रिक केल्सनले २७ रन बनाए ।
इङ्ल्यान्डका ओली स्टोनी र आदिल रसिदले समान २/२ विकेट लिए भने साम ...