दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज बंगलादेशले जित्यो

 काठमाडौं : घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खला बंगलादेशले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै बंगलादेशले शृंखला २–१ ले जितेको हो। यससँगै बंगलादेशले पहिलो पटक दक्षिण अफ्रिकी भूमिमा एक दिवसीय शृङखला जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ।१५५ रनको मध्यम लक्ष्य बंगलादेशले २६ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाएको हो। उसका लागि कप्तान तामिम इकबालले अविजित ८७ रनको अर्धशतकीय पाली खेले।त्यस्तै लिट्टोन दासले ४८ रन जोड्दा