पुल चढ्न भर्‍याङ

काठमाडौं । अस्थायी सडक बाढीले बगाएपछि यात्रुहरु निर्माणाधीन पुलमा भर्‍याङ हालेर बागमती खोला वारपार गर्न बाध्य छन् । मकवानपुरको बागमती र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्न उक्त पुलसम्म पुग्ने अस्वथायी सडक एक महिनाअघिको बाढीले बगाएको थियो । लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयले यो वर्खामा सहजै यात्रा गर्न पाउने आशा गरेका थिए । तर, यो […]

सम्बन्धित सामग्री

झोलुंगे पुल चढ्न भर्‍याङ !

यात्रुहरूलाई वारपार गर्न सहज होस् भनेर खोला/नदीमा पुल निर्माण गरिन्छ । तर रूपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–२ स्थित तिनाउ खोलामा बनाइएको झोलुंगे पुलले भने यात्रीहरूलाई राहतको भन्दा बढी सास्ती दिइरहेको छ । झोलुंगे पुलले यात्रा त छोट्याएको छ तर यसले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाइरहेको छ ।

दश महिनापछि पुल मर्मत: भर्‍याङ लगाउनु पर्ने समस्या हट्यो

गत वर्षको असोजमा कर्णाली र तिला नदीको बाढीले आधा बगाएको कर्णालीमाथिको झुलङ्गे पुल दश महिनापछि मर्मत भएर सञ्चालनमा आएको हो।...

जोखिमपूर्ण यात्रा कहिलेसम्म ?

असोज १९ देखिको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्‍याङ चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन।...

साताका ७ तस्बिर

यो हप्ता कान्तिपुरमा छठ पर्वदेखि विभिन्न चुनावी प्रचारप्रसारका तस्बिरहरू प्रकाशित भएका छन् । कालीकोटमा तिला नदीको पुल वर्षाले क्षतिग्रस्त भएपछि काठको भर्‍याङ राखिएको तस्बिर पनि यो हप्ता निकै चर्चित भयो ।दसैंलगत्तैको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि कालीकोट स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्‍याङ । तस्बिर : तुलाराम पाण्डे/कान्तिपुर

झोलुंगे पुलमा भर्‍याङ

धेरैलाई अचम्म लाग्छ– पुलमा भर्‍याङ ! बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा झोलुंगे पुल भत्काएपछि स्थानीयले बचेको पुलको बीचमा काठको भर्‍याङ बनाएर आवतजावत सहज बनाएका हुन् ।

देशकै पहिलो तीनमुखे पुल

काठमाडौं । नेपालका चार धाममध्येको एक रिडी क्षेत्र । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा देशकै पहिलो तीनमुखे झोलुङे पुल निर्माण अन्तिम चरणमा छ । कालीगण्डकी नदीको बीचमा २५ मिटरको भ्यु टावर बनाइएको छ भने तीनवटै जिल्लालाई एक सय ७७ मिटर लामो पुलले जोडिएको छ । टावरमा भर्‍याङ, रेलिङ, लाइटिङलगायत काम बाँकी छन् । धार्मिक क्षेत्र रुरु धाममा बनेको […]

भर्‍याङ चढेर पुल वारपार

पुलबाटै वाग्मती नदी वारपार गरिन् तर उनलाई पुलसम्म पुग्न भने भर्‍याङ चढ्नुपर्‍यो । ‘वाग्मती नदीमा बाढी आएको छ,’ मकवानपुरको वाग्मती गाउँपालिका–४ की आशा थिङले भनिन्, ‘पुल त बन्यो तर वारपार गर्न भर्‍याङ चढ्ने र ओर्लने गर्नुपर्छ ।’