झोलुंगे पुल चढ्न भर्‍याङ !

यात्रुहरूलाई वारपार गर्न सहज होस् भनेर खोला/नदीमा पुल निर्माण गरिन्छ । तर रूपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–२ स्थित तिनाउ खोलामा बनाइएको झोलुंगे पुलले भने यात्रीहरूलाई राहतको भन्दा बढी सास्ती दिइरहेको छ । झोलुंगे पुलले यात्रा त छोट्याएको छ तर यसले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाइरहेको छ ।

सम्बन्धित सामग्री

जोखिमपूर्ण यात्रा कहिलेसम्म ?

असोज १९ देखिको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्‍याङ चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन।...

साताका ७ तस्बिर

यो हप्ता कान्तिपुरमा छठ पर्वदेखि विभिन्न चुनावी प्रचारप्रसारका तस्बिरहरू प्रकाशित भएका छन् । कालीकोटमा तिला नदीको पुल वर्षाले क्षतिग्रस्त भएपछि काठको भर्‍याङ राखिएको तस्बिर पनि यो हप्ता निकै चर्चित भयो ।दसैंलगत्तैको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि कालीकोट स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्‍याङ । तस्बिर : तुलाराम पाण्डे/कान्तिपुर

झोलुंगे पुलमा भर्‍याङ

धेरैलाई अचम्म लाग्छ– पुलमा भर्‍याङ ! बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा झोलुंगे पुल भत्काएपछि स्थानीयले बचेको पुलको बीचमा काठको भर्‍याङ बनाएर आवतजावत सहज बनाएका हुन् ।