भर्‍याङ चढेर पुल वारपार

पुलबाटै वाग्मती नदी वारपार गरिन् तर उनलाई पुलसम्म पुग्न भने भर्‍याङ चढ्नुपर्‍यो । ‘वाग्मती नदीमा बाढी आएको छ,’ मकवानपुरको वाग्मती गाउँपालिका–४ की आशा थिङले भनिन्, ‘पुल त बन्यो तर वारपार गर्न भर्‍याङ चढ्ने र ओर्लने गर्नुपर्छ ।’

सम्बन्धित सामग्री

झोलुंगे पुल चढ्न भर्‍याङ !

यात्रुहरूलाई वारपार गर्न सहज होस् भनेर खोला/नदीमा पुल निर्माण गरिन्छ । तर रूपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–२ स्थित तिनाउ खोलामा बनाइएको झोलुंगे पुलले भने यात्रीहरूलाई राहतको भन्दा बढी सास्ती दिइरहेको छ । झोलुंगे पुलले यात्रा त छोट्याएको छ तर यसले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाइरहेको छ ।

पुल चढ्न भर्‍याङ

काठमाडौं । अस्थायी सडक बाढीले बगाएपछि यात्रुहरु निर्माणाधीन पुलमा भर्‍याङ हालेर बागमती खोला वारपार गर्न बाध्य छन् । मकवानपुरको बागमती र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्न उक्त पुलसम्म पुग्ने अस्वथायी सडक एक महिनाअघिको बाढीले बगाएको थियो । लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयले यो वर्खामा सहजै यात्रा गर्न पाउने आशा गरेका थिए । तर, यो […]