बागमती सरकारले प्रदेशका ५० वडालाई एक–एक करोड दिने

बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम अघि बढाएको छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि कार्यक्रम सुरु गरिएको मुख्यमन्त्री राजेन्द्र पाण्डेले जानकारी दिए ।  ‘हामीले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेका छौँ । कम्युनिस्ट पार्टीका नेताले...

सम्बन्धित सामग्री

भूकम्प प्रभावितको सहयोगका लागि गण्डकी सरकारले एक करोड दिने

जाजरकोट र रुकुमपश्चिमा भूकम्पका कारण प्रभावितहरुको सहयोगका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ दिने भएको छ।  आइतबार बसेको प्रदेश सरकारको आकस्मिक मन्त्रिपरिषद बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका...

कृषि बिमाको तीन अर्ब अनुदान बाँकी, पहिलो किस्तामा ७५ करोड दिन मन्त्रालय सहमत

सरकारले कृषि, पशुपक्षी तथा जडीबुटी बिमाको अनुदान बक्यौता रकमध्ये ७५ करोड दिने भएको छ । निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमा नै बन्द गरेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बक्यौता रकमको करिब...

५ करोड नपाउने भएपछि सत्तारुढ दलकै सांसद असन्तुष्ट

काठमाडौँ : सरकारले सांसदहरूबीच फरक व्यवहार गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र ५ करोड दिने  योजना ल्याएपछि सत्तारुढ दलका सांसदले नै विरोध जनाएका छन्। सांसद विकास कोष भनेर चिनिने पूर्वाधार विकास साझेदार कार्यक्रममार्फत प्रत्यक्ष सांसदहरूले मात्रै ५ करोड रुपैयाँ पाउने भएपछि समानुपातिक सांसदहरू संसद्‌मै कुस्ती खेल्ने रणनीतिमा जुटेका छन्। बजेटमाथिको छलफलमा आफ्नो गुनासो राख्ने उनीहरूले तयारी गरेका छन्।&n

प्रदेश सरकारले ६० करोड दिने, अतिक्रमित संरचना हटाएपछि ठेक्का

१९ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिकाले डोजरको प्रयोग गरेर संरचना भत्काइरहेको बजार क्षेत्रको मुख्य सडक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ६० करोड दिने भएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको दुई किलोमिटर तीन सय मिटर सडक निर्माण गर्न प्रदेशका आर्थिक मामिला मन्त्रालयले ६० करोडको स्रोत सुनिश्चित गरिएको जनाएको छ । धनगढी उपमहानगरपालिकाले डीपीआर बनाउँदै उक्त […]

आविष्कार केन्द्रलाई गण्डकी सरकारले १० करोड दिने

पर्वत : गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ अनुदान दिने भएको छ।अनुसन्धान र नवप्रवर्तनका लागि चालु आर्थिक वर्षको बजेटबाट रकम विनियोजन भएको र अब कार्यविधि अनुसार बजेट प्रयोग गर्न पाउने भएपछि अनुसन्धानका काम अघि बढाउने अनुसन्धानकर्ता महावीर पुनले बताए। पहिले नै बजेटको व्यवस्था भएको भए पनि कार्यविधि निर्माणमा ढिलाइ हुँदा अनुसन्धानका लागि आह्वान गर्न नसकिएको उनको भनाइ छ। गत साउन महिनामा नै कार्यविधि तयार हुनुपर्नेमा हालै मात्रै तयार हुनुले पनि काम अघि बढाउने बाटो

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक अर्ब ९२ करोड दिने

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिव १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ । ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै मात्र २ अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको

तेल किनेको पैसा तिर्न आयल निगमलाई सरकारले ४ अर्ब २५ करोड दिने

इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग पेट्रोलियम पदार्थ खरिद गरेको पैसा तिर्न आयल निगमलाई सरकारले रकम दिने भएको छ । सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ दिने भएको हो ।सरकारले पेट्रोलियम पदार्थको बिक्रीबापत प्रतिलिटर १ प्रतिशतका दरले मूल्य स्थिरिकरण कोषमा जम्मा गर्छ । यो रकम अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा स्थानीय मूल्य घटाउने लक्ष्यसहित खर्च गरिन्छ । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्न थालेपछि निगम तेल किनेको पैसा तिर्न समेत नसक्न

तेल किनेको पैसा तिर्न निगमलाई सरकारले १ अर्ब ८० करोड दिने

भारतसँग पेट्रोलियम पदार्थ किनेको रकम तिर्न नेपाल आयल निगमलाई सरकारले १ अर्ब ८० करोड रुपैयाँ दिने भएको छ । आज शुक्रबार बसेको पेट्रोलियम पदार्थ मूल्य स्थिरिकरण कोषको बैठकले निगमलाई उक्त रकम दिने निर्णय गरेको हो । निगमले भारतीय आयल कर्पोरेसनलाई यहि जनवरी २३ मा १३ अर्ब रुपैयाँ तिर्न पर्ने बताएको छ । तर तेल बिक्रीबाट ११ अर्ब रुपैयाँ मात्रै संकलन भएको निगमका प्रवक्ता बिनिमणि उपाध्यायले बताएका छन् । तिर्नुपर्ने दोस्रो किस्ताका लागि अपुग रकम दिन सरकार तयार भएको निगमले बताएको छ । बुधबारको मूल्य