मधेस प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउन १० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार ठोरीमै मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री राउतका अतिरिक्त भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्र साह, सामाजिक व