काठमाण्डाै – बाढी, पहिरोले क्षति पुर्याएका पीडितलाई घर बनाउन सरकारले अनुदान दिन सुरु गरेको छ । गएको वर्ष मनसुनमा घर क्षति भएका परिवारलाई अनुदान दिन थालिएको हो ।
गएको वर्ष जेठ ३० गतेदेखि असोज मसान्तसम्म सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, दोलखा, बाजुरा, अछाम, कालीकोट, नुवाकोट, जाजरकोट, दार्चुला, बझाङ, दाङ, गोरखा, मकवानपुर, तनहुँ, अर्घाखाँची, स्याङ्जा, रसुवा, धनकुटा, सङ्खुवासभा, गुल्मी, मोरङ लगायतका जिल्ला प्रभावित भएका थिए ।
बाढी पहिरोले पूर्ण क्षति भएका घर पुनर्निर्माणका लागि सरकारले हिम...