नयाँ बानेश्वरस्थित तत्कालीन वडा प्रहरी कार्यालयले बाल मन्दिरलाई २०५२ साउन १९ गते एउटा पत्र लेख्यो । जसमा कोटेश्वरस्थित एसओएस बालग्रामको कार्यालयको सडक किनारको झाडीमा बिहान ७:४५ बजेतिर अन्दाजी ५/७ महिनाको नवजात शिशु कपडामा बेरेर बेवारिसे अवस्थामा फालिएको फेला पारिएको उल्लेख थियो ।