मानसिक रूपमा अस्वस्थ भएर मलेसियाबाट फर्किएका राजेशको परिवार खोज्दै पीएनसीसी

काठमाण्डौ – मलेसियाबाट स्वदेश आइपुगेका एक युवाले आफ्नो घरको ठेगानासहित आफ्नो र परिवारको बारेमा सबै कुरा बिर्सदा परिवारसम्म पुर्‍याउन समस्या भएको छ ।  मानसिक रूपमा अस्वस्थ भएर  मलेसियाबाट फर्किएका उनले आफ्नो नाम राजेश तामाङ र घर काठमाण्डौ कै चाबहिल बताए पनि ठेगाना यकिन नहुँदा परिवार भेट्टाउन समस्या भएको प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो । दूतावासले बनाएको यात्रा अनुमतिमा पनि उनको नाम राजेश तामाङ र ठेगाना काठमाण्डौ ७ लेखिएको छ । दूतावासले उल्लेख ...