स्वास्थ्य परीक्षणमा विद्यार्थीलाई छुट

विद्यार्थीले ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीलाई सङ्घीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले सङ्घीय अस्पतालमा मात्र विद्यार्थीले ओपीडीमा ५० र प्याथोलोजीमा १५ प्रतिशत छुट पाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले परीक्षण गर्न जाँदा विद्यार्थीले आफ्नो परिचयपत्र देखाए पुग्ने बताउनुभयो।

सम्बन्धित सामग्री

स्वास्थ्य र शिक्षामा छुट

तुलसीपुर, २६ चैत । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिए। तुलसीपुस्थित डिभाइन टेम्पल एकेडेमी, ज्ञान ज्योति फाउन्डेसन, सगरमाथा […]

कलाकारको उपचारमा  काठमाडौं क्यान्सर सेन्टरको छुट

काठमाडौं क्यान्सर सेन्टर, ताथलीले कलाकारहरूको स्वास्थ्य उपचारमा छुट दिने भएको छ।

प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले पत्रकारलाई स्वास्थ्य उपचारमा छुट दिने

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशमा आबद्ध सबै पत्रकारले ललितपुरको कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले स्वास्थ्य उपचारमा छुट दिने भएको छ।...

छदर गाउँपालिका: स्वास्थ्य बिमा गर्दा छुट

छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ।

प्रभु बैंक र चुरे हिल हस्पिटलबीच सम्झौता, स्वास्थ्य सेवामा १५ प्रतिशत छुट पाइने

प्रभु बैंक र हेटौँडास्थित चुरे हिल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । दुवै संस्थाबीच प्रभु बैंकका ग्राहकहरू र कर्मचारीहरूलाई सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।

माछापुच्छ्रे बैंकको स्वास्थ्य उपचारमा छुट सम्वन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र महाराजगञ्जमा रहेका काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर तथा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले ती दुबै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५ प्रतिशत सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड […]

नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा छुट

काठमाडौँ– पोखरास्थित चरक मेमोरियक होस्पिटलले स्वास्थ्य सेवामा छुटको व्यवस्था गरेको छ । अस्पतालले विज्ञप्ति जारी गरी नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले छुट पाउने जनाएको हो । नेपाल बैंक लिमिटेड र अस्पतालबीच अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यस्तै, यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग […]

अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा कर छुट

काठमाण्डाै – सरकारले कोभिड–१९ सङ्क्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डर, आईसीयू बेड लगायतका विभिन्न १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क समेत छुट दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले अक्सिजन सिलिन्डर, आईसीयू बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आईसीयू मोनिटर लगायतका सामग्रीमा कर छुट दिने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट

काठमाडौँ। सरकारले अक्सिजन सिलिन्डरलगायतका १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ । १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीमा छुट दिइएको हो । अक्सिजनसहित १० प्रकारको सामग्रीको पैठारीमा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर, तथा अन्त शुल्कसमेत छुट दिने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]