प्रभु बैंक र हेटौँडास्थित चुरे हिल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । दुवै संस्थाबीच प्रभु बैंकका ग्राहकहरू र कर्मचारीहरूलाई सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।